नातागोताले खान्छन् जागिर: ३१ जोडी श्रीमन-श्रीमती

सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका छन् । आजको कान्तिपुरको पहिलो पृष्ठमा नातागोताले खान्छन् जागिर शिर्षकमा खबर छापिएको छ ।

हाल कार्यरत ९ सय ३२ कर्मचारीमध्ये १ सय ३० भन्दा बढी पारिवारीक सदस्य त छन् नै, श्रीमान श्रीमतीसमेत ३१ जोडी छन् । यसमा निर्देशक तहका कर्मचारी समेत पर्छन् ।

पूर्वसदस्य सचिव रामहरी लामिछानेकी श्रीमती संगीता अहिले पनि सीटीईभीटीमै जागिरे छिन् । रामहरी भने सदस्यसचिवबाट राजीनामा दिएर कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) फिलिपिन्सको महानिर्देशक पदमा छन् ।

सीटीईभीटीमा जागिर खाने आफन्त

श्रीमान-श्रीमती ३१ जोडी
दाजु-भाइ २४ जना
बाबु-छोरा ८ जना
साढु दाइ-भाइ ८ जना
ज्वाइँ-जेठान ४ जना
दिदी-भाइ ४ जना
भान्जा-भान्जी ४ जना
बहिनी-ज्वाइँ ४ जना
भतिनी-ज्वाइँ २ जना
काका-भतिज २ जना
विद्यार्थी नेताका श्रीमती ३ जना
अख्तियार अधिकृतकी श्रीमती १ जना