माधब नेपाल लागे बंगलादेश तिर….
प्रकासित मिति : २०७४ पुस २८, शुक्रबार ०१:२०
प्रकासित समय : ०१:२०
नेकपा (एमाले)का नेता माधवकुमार नेपाल बंगलादेश मजदुर पार्टीको निमन्त्रणामा आयोजना हुने दुईदिने ‘आउँदा दिनमा एशियाका देशबीच विकासमा सहकार्य अभियान’ बैठकमा सहभागी हुन बिहीबार बंगलादेश गएका छन्।
ढाकामा हुने बैठक शुक्रबार र शनिवार चल्नेछ। बैठकमा नेपाल सहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चासहित दलका २० जना सहभागी हुनुभएको नेता नेपालका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए। बैठकमा एशियाका २० देशका कम्युनिष्ट पार्टीको सहभागिता हुनेछ।
बैठकले २१ औँ शताब्दीमा समाजवादको चुनौती र प्रजातन्त्रमा जनताले जीविकोपार्जनका लागि गरेको संघर्षका बारेमा छलफल गरिने भएको छ।