ओलीले जाँदाजादै एयरपोर्टमा भने- स्वास्थ्य समस्या छैन !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अाफूलाई खासै स्वास्थ्य समस्या नभएको बताएका छन् । थाइल्याण्डको राजधानी बैंकक उड्‍‍नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बोल्दै अध्यक्ष ओलीले अाफूलाई खास समस्या नभएको बताएका हुन् ।

केही दिनदेखि स्वास्थ्य समस्या भन्दै राजनीतिक कार्यक्रमलाई रोकेर अाराम गरिरहेका ओलीले खासै समस्या नभएको तर नियमित स्वास्थ्य परीक्षणको लागि जान लागेको बताए । ‘खास स्वास्थ्यमा समस्या केही छैन। मृर्गौला फेरेको मान्छे भएकाले समय-समयमा स्वास्थ्य परीक्षण गर्नु राम्रो हुन्छ’ ओलीले भने ।

ओलीको साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सक पनि थाइल्याण्ड गएका छन्। ओलीले दुई पार्टीको एकताबाट आत्तिएका र तर्सिएका शक्तिहरु एकता विथोल्न सक्रिय भएको भन्दै ति प्रयास सफल नहुने बताउँदै अाफू फर्के लगत्तै एकताको कामले तीब्रता पाउने समेत बताए ।अध्यक्ष ओलीले अाफ्नो स्वास्थ्य समस्या नभएको बताएपछि केही समाजिक प्रयोगकर्ताहरुले घुम्न जान लागेको भन्दै ब्यंग्य समेत गरेका छन् ।