पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता
प्रकासित मिति : २०७४ पुस २६, बुधबार ०४:३७
प्रकासित समय : ०४:३७
पूर्वराजा ज्ञानेन्द्र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । आइतबार बिहान व्यक्तिगत भ्रमणका लागि भन्दै लखनउ गएका पुर्वराजाले आइतबार बिहान उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट गरेका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।
मुख्यमन्त्री योगी आदित्यनाथले दोसल्ला ओडाएर सम्मान गरेका थिए । पूर्वराजा लखनउमा कति दिन बस्ने भन्ने जानकारी नआएको भएपनि भ्रमण सकेर पुनः नेपालगन्ज फर्केने कार्यक्रम रहेको बताइएको छ ।
गएको पुस १३ गते नेपालगन्ज आउएका पूर्वराजा ज्ञानेन्द्रले बर्दिया, कैलाली र दाङका धार्मिक स्थलको दर्शन तथा विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका थिए