कहाँ गयो सडक मर्मतको अर्बौं पैसा ?
प्रकासित मिति : २०७४ पुस २६, बुधबार ०३:४४
प्रकासित समय : ०३:४४
सरकारले सडक मर्मतसम्भारको नाममा उठाएको अर्बौं रुपैयाँ अर्कै शिर्षकमा खर्च गरेको खुलासा भएको छ । यातायात व्यवस्था विभाग र नेपाल आयल निगमले सडक मर्मतसम्भारका लागि उठाएको रकम सोझै सडक बोर्डमा दाखिला गर्नुपर्ने प्रावधान लत्याइएको छ ।
सडक बोर्ड नेपालका अनुसार आर्थिक बर्ष २०७३ ७४ मा यातायात व्यवस्था विभाग र नेपाल आयल निगमबाट सडक मर्मतसम्भारका लागि भनी २० अर्ब २७ करोड रुपैयाँ संकलन भएको थियो ।
यो रकममध्ये सडक मर्मतका लागि ४ अर्ब ३२ करोड रुपैयाँमात्रै पाएको बोर्डले जनाएको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा खबर छ ।