पश्चिम सेतीको सम्झौता तोड्ने थ्री गर्जेजको यस्ताे धम्की

पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा लिएको थ्री गर्जेज कर्पोरेसनले विद्युत खरिद सम्झौता पीपीए दरको ट्यारिफ रेटमा पुनरावलोकन नगरे सम्झौता तोड्नेसम्मको धम्की दिएको छ। बहुप्रतिक्षित ७५० मेगावाटको जलासययुक्त पश्चिम सेती आयोजना निरमा्ण गर्न नेपाल विद्युत प्राधिकरणसँग संषुक्त लगानी सम्झौता जेभिए गरेको चिनियाँ कम्पनी चाइना थ्री गर्जेज कर्पोरेसन (सिटिजिसी)ले सोही कारण काममा समेत ढिलासुस्ती गर्दै बसेको छ।

दुई साताअघि थ्री गर्जेजले विद्युत खरिद दरमा पुनरावलोकन गर्नुपर्ने थ्री गर्जेजको प्रस्तावलाई नेपाल विद्युत प्राधिकरणले अस्वीकार गरेपछि कम्पनीले लगानी बोर्डमार्फत पिपिए दरमा पुनरावलोकन गर्न दबाब दिएको हो। आयोजनाको लागत अनुसार प्रतिफल प्राप्त गर्न कठिन रहेको भन्दै थ्री गर्जेजले लगानी बोर्डमार्फत आयोजनाबाट हात झिक्नेसम्मको धम्की दिएको हो।

यसअघि कात्तिक ३० गते कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग मिलेर आयोजना निर्माण गर्न संयुक्त लगानी सम्झौतामा हस्ताक्षर गरेको थियो। ‘उनीहरुको पहिलो माग नै विद्युत खरिदको गाइडलाइनलाई पुनरावलोकन गरेर नयाँ पिपि दर तोकिनुपर्ने थियो’ प्राधिकरणका एक उच्च अधिकारीले भने ‘ हामीले गाइडलाइनअनुसार काम गर्ने र त्यो भन्दा तलमाथि गर्न नसक्ने भनेपछि कम्पनीले निहुँ खोजिरहेको छ।’