कहाँ जान्छन् १६ जना माओवादीका बिना विभागिय मन्त्री ?

मन्त्रीहरूको अबस्था नै अस्तब्यस्त भएपछि मुलुकको अबस्था कस्तो होला ? आफै अनुमान गर्नुस यस्तै भएको छ । अहिले मुलकमा करिब साढे दुई महिनादेखि माओवादी केन्द्रका १६ मन्त्री जिम्मेवारी विहीन छन् । विना विभागिय भइसकेपछि उनीहरुको दैनिकी सिंहदरबार नै नछिरी बित्ने गरेको छ । प्राय मन्त्री त घुमफिरमा बिताइरहेका छन । राज्यको आखामा छारो हाल्दै झन्डावाला गाडिमा सयर गरिरहेका छन ।   बिनाविभागिय मन्त्री शिवकुमार मण्डल पहिलो पटक पाँच दिनअघिको मन्त्रीपरिषद बैठकमा गए  ।

त्यसअघि उनि चुनावका लागि गृहजिल्ला मोेरङमा केन्द्रित भए। महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारी मुक्त भएपछि आशा कोइराला दिनहरु पनि फूर्सद मै वितिरहेका छन् । मन्त्री महेन्द्र बहादुर शाही कहिले कालीकोट कहिले राजधानी गर्दै बिताइरहेका छन ।  त्यस्तै जनार्दन शर्मा,कृष्ण बहादुर महरा,टेक बहादुर बस्नेत सबैका दिनहरू सयरमै बित्ने गरेका छन । उच्च स्रोतका अनुसार पार्टी भित्र र बाहिर राम्रै छबि बनाएका मन्त्री शर्मा भावी मन्त्रीका लागि बार्गेनिङमा लागि परेको बताइएको छ । त्यस्तै कृष्ण बहादुर महराको रूची सभामुखमा देखिएको छ ।

अहिलेको सरकारमा माओवादीबाट एक उपप्रधानमन्त्री, ८ विनाविभागीय मन्त्री र ७ विनाविभागीय राज्यमन्त्री छन् । रोचक कुरा त के छ भने उहि माओबादी प्रतिपक्षमा पनि छ सरकारमा रहेको छ ।  एमाले र माओवादीबीच बाम गठबन्धन भएपछि ७८ दिनअघि माओवादीबाट सरकारमा गएका मन्त्रीलाई प्रधानमन्त्री देउवाले जिम्मेवारीबाट मुक्त गरिदिएका थिए ।

फुसर्दिला विनाविभागीय मन्त्री सकेसम्म जिल्लातिरै समय कटाउँदै आएका छन् । चुनाव सकिएको एक महिना बित्यो तर मतदातालाई धन्यवाद दिने बहानामा विनाविभागीय मन्त्रीहरु गाउँघरमै देखिन्छन् । अहिलेसम्म कुनै पनि विनाविभागिय मन्त्री सम्पर्कमा नआएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालले जनाएको छ ।

विनाविभागिय मन्त्री काम विहिन भएर नियमित सिंहदरवार नगए पनि नियमित पाउने सेवा सुविधा भने उनीहरुले लिइरहेका छन् ।  बिनाविभागीय मन्त्रीका लागि मन्त्रीपरिषद् तथा प्रधानमन्त्री कार्यालयको भवनमा एउटा साझा कोठा छुट्टयाइएको छ तर कुनै पनि विनाविभागिय मन्त्रीले पाइलो समेत टेकेका छैनन् ।