फोटोमा ढिमेको एेतिहाँसिक झादेव

के हाे झादेवकाे बास्तविकता ?

यस्ताे छ झादेवकाे बास्तविकता

झण्डै २ सय बर्ष पहिले झाँदेउ र राँदेउ देवता लामा(भोटे)हरुको भएता पनि रुकुम गोतामकोटमा बस्ने गोतामी राजा गौरव मल्ल शिकार खेल्न पहिलो पटक ढिमे आईपुग्दा ढिमेमा रहेको लामा(भोट)ेको राजासंग मित लगाएको हाल ढिमेका मल्लहरुको वंशावलीमा उल्लेख गरिएको छ । गोतामकोटका गौरव मल्ल दोश्रो–तेश्रो पटक शिकार खेल्न ढिमे आई पुग्दा ढिमेको जग्गा, जमिन, वनजंगल राजा मल्लले मनपराए आफ्नै मित लामा(भोटे) राजासंग लडाई लड्ने योजना वनाएको स्थानीय बुढापाकाहरुको भनाई रहेको छ ।

प्राकृतिक सुन्दरताले भरीएकाे ढिमे

दुई सय बर्ष पहिले गौरव मल्लले कायमैदेका कयाल टमट्टा, दामाचौरका दामे ढोली, गोतामकोटका गोतामे सार्की र गिठाकोटका बाहुँनलाई साथमा ल्याएर लामा (भोटे) मितसंगको लडाई जितेर सिङ्गै ढिमेको गाउँलाई कब्जा गरेपछि लामाहरुको देवतालाई हाल ४ गाउँका नागरिकहरुले कुलदेवताका रुपमा मान्नु पर्ने अबस्था श्रृजना भएको कृष्ण मल्लले बताए ।

पंञ्चवर्षिय रुपमा मनाईउदै आएको झाँदेउलाई भान्जलाई काँटेर मान्छेको भोग चढाउनु पर्ने परम्परा लामा(भोटे)हरुकै पाला देखि चल्दै आएको चलन भएको दम्दालाका रणबहादुर थापाको भनाई रहेको छ । गौरब मल्लको पालामा भान्जलाई काँटेर मान्छेको भोग चढाउने प्रचलनको अन्त्य गरि साँढको मुटु झिकेर देवताको मन्दिरमा चढाउने चलनको सुरुवात भएको थापाले वताए । देवताको नाममा गोरुको साँढे छोड्नु पर्ने प्रचलन पनि गौरब मल्लकै पाला देखि सुरु गरिएको हो । समयको बिकासक्रमसंगै पुजागर्ने प्रचलनहरुको परिमार्जन हुदै आईरहेको छ । ढिमे, दम्दाला र खुर्पामा नाचिने पौरानिक खाँडो नाँच झाँदेउ देवताको नाममा नाँचिने निकै चर्चित नाँच हो ।

महिलाहरू ढाल तरबारमा नाच्दै

पुरूषहरू ढल्कि ढल्कि नाँच्दै