राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्विकाे बिराेध

हालै नेपाल अयाल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिको विरोधमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनले प्रेस विज्ञप्ति जारी गरेको छ ।

एक महिनामा दुई पटकसम्म पेट्रोलियम पदार्थमा भएको मुल्यप्रती आक्रोश व्यक्त गर्दै संगठनले विज्ञप्ति जारी गरेको हो । मुल्य वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने समेत संगठन बताएको छ ।

संगठनले भोली पुष १९ गते आफ्नै पार्टीका नेता समेत रहेका आपूर्ति मन्त्री जयन्त चन्दलाई ज्ञापनपत्र समेत बुझाउने संगठनका सदस्य सचिव सौरभ भण्डारीले बताए ।