जाजरकाेट मछाइनाकाे लेकमा बन्ने भाे मालिका भ्यु–टावर

भेरी नगरपालिका ६ मछाइनामा बन्न लागेको मालिका भ्यु–टावरको डि.पि.आरको लागि विज्ञहरुको टोलीले स्थलत अध्ययन गरेको छ । सहरी विकास मन्त्रालयबाट भ्यु टावरको डि.पि.आर को जिम्मा पाएको डिलाइट कन्सल्ट प्रालि काठमाडौंका इन्जिनियरहरुको टोलीले स्थलगत अध्ययन गरेको हो । सोमवार उक्त प्रालिका इन्जिनियर सुदिप हाडा, शिवराम ढकाल र भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्ती सहितको टोलीले टावर निर्माण स्थलको अध्ययन गरेको छ ।

मालिका भ्यु–टावार निर्माण स्थल

 

“एक सहर, एक पहिचान” अन्तर्गत भेरी नगरपालीकालाई “पर्यटकिय धार्मिक सहर”को रुपमा स्थापित गर्न सहरी विकास मन्त्रालयले भ्यु–टावर निर्माणको लागि यो आर्थिक बर्षमा एक करोड रुपैँया छुट्याएको छ । टावरको डि.पि.आरको लागि स्थलगत अध्ययन गरेपछि इन्जिनियर शिवराम ढकालले माघ महिना भित्रै डि.पि.आर तयार गरिसक्ने बताएका छन् ।

भेरी नगरपालिकाको सवैभन्दा उच्च स्थानमा रहेको मछाइनाको मालिकामा अत्याधुनिक भ्यु–टावर निर्माणले अव तिव्रता पाउने नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । भेरी नगरपालिकाले सम्पन्न नगरपरिषदबाट भ्यु–टावरको लागि २० लाख रकम छुट्याइएको थियो । तर सहरी बिकास बाटै बजेटको पहल भएपछि नगरपालिकाले छुट्याएको रकम पुजिगत तर्फ लागानि गरेको नगरप्रमुख घर्तीले जानकारी दिए ।