राजपा पार्टी कार्यालय तोडफोड
प्रकासित मिति : २०७४ पुस १५, शनिबार १०:४५
प्रकासित समय : १०:४५
प्रदेशसभाको समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय शुक्रबार तोडफोड गरिएको छ ।
प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेको भन्दै मधेश निजामती कर्मचारी महासंघका पूर्वअध्यक्ष विनोदकुमार सिंहलगायतले बबरमहलस्थित पार्टी कार्यालयको कुर्सी, टेबुल र सूचनापाटी तोडफोड गरेको पार्टीका महासचिव केशव झाले जानकारी दिए ।
महासचिव झाले कार्यालय तोडफोडप्रति भत्र्सना गर्दै घटनाबारे छानबिन गरी दोषीलाई पार्टीले कारबाही गर्ने बताए। रासस