​पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न कमल थापा सुटुक्क नेपालगन्ज !

पूर्व राजा ज्ञानेन्द्र शाहलार्इ भेटन राप्रपा अध्यक्ष कमल थापा नेपालगन्ज पुग्ने भएका छन ।  राजनितिक रूपमा केहि बिबिधता  उत्पन्न भएकाे बेला हुन लागेकाे याे भेटलार्इ अर्थपुर्ण ढंगले हेरिएकाे छ ।  पूर्व राजा ज्ञानेन्द्र, पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेक्षाका साथमा दुईसाताका लागि बिहीबार नेपालगन्ज आइपुगेका हुन ।

पूर्व राजा नेपालगन्जमा रहेकै अवस्थामा राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका कमल थापा शनिबार नेपालगन्ज आउन लागेकाे बताइएकाे छ  । स्रोतका अनुसार पूर्व राजा ज्ञानेन्द्रको सन्देश प्राप्त गरेपछि उपप्रधानमन्त्री थापा शनिबार केही समयका लागि नेपालगन्ज आउन लागेका हुन । पूर्व राजासँग भेटघाटका लागि थापा नेपालगन्ज आउन लागेको थापा निकट स्रोतले जनाएको छ ।

‘बिहीबारसम्म अध्यक्षज्यू नेपालगन्ज आउने कुनै जानकारी थिएन’, स्रोतले भन्यो, ‘एकाएक दरबारको सूचना पाएपछि अध्यक्षज्यू केही समयका लागि नेपालगन्ज आउन लाग्नुभएको छ ।’ थापासम्वद्ध स्रोतका अनुसार नेपालगन्जमा पूर्व राजा र थापाबीच भेटघाट हुने छ । पूर्व राजपरिवारको सबै कार्यक्रम अत्यन्त गोप्य राखिएका कारण धेरै जानकारी प्राप्त हुन नसकेको स्रोतले जनाएको छ ।

उपप्रधानमन्त्री थापा शनिबार नै राजधानी फिर्ता हुने कार्यक्रम छ । थापाको कार्यक्रमलाई पूर्व निर्धारित बनाउनका लागि एकाएक अगुवा कार्यकर्ता भेटघाट पनि राखिएको छ । यसैबीच नेपालगन्जमा रहेका पूर्व राजा ज्ञानेन्द्रले शुक्रबार पनि आफू निकट राजनीतिक व्यक्तिहरुसँग भेटघाट गरेका छन ।

पूर्व राजपरिवार अाफ्नाे परिवारको समेत लगानी रहेको भनिएको होटल सोल्टीमा कडा सुरक्षाकाबीचमा रहेको छ । होटल सोल्टीको पूर्व राजा शाहले नयाँ वर्षको अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पूर्व राजाले दुईसाताको अवधिमा मध्य र सुदूरपश्चिमका धार्मिक र पर्यटकीय स्थलको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।