पत्याउनु हुन्छ – एउटा कचाैराकाे मुल्य ४ अर्ब रुपैयाँ ?

एउटा कचौराको मूल्य कति होला ? हंङकङमा हालै एउटा कचौरा झण्डै ४ अर्ब रुपैयाँमा लिलाम भएको छ । चिनियाँ माटोबाट बनेको उक्त कचौरा एकहजार वर्ष पुरानो हो । चीनको सांग राजवंशका पालको यो कचौरा मंगलबार हंगकंगमा कीर्तिमानी मूल्यमा बिक्री भयो ।

सोथबे अक्सन हाउसका अनुसार, लिलाममा राखेको २० मिनेटमै उक्त दुर्लभ कचौरा बिक्री भएको हो । कतिपयले फोनमै बोली लगाएका थिए भने कतिपय बोली लगाउनेहरु लिलाम कक्षमा पनि आएका थिए ।

सबैभन्दा बढी बोली लगाएर कचौरा खरिद गर्नेले चाहिँ फोनबाटै बोली लगाएका थिए । खरिदकर्ताले यसलाई झण्डै ३ अर्ब ८० करोड डलर मूल्य तिरेर किनेका छन् । खरिदकर्ताले आफ्नो परिचय गोप्य राखेका छन् ।

यो कचौरा १३ सेन्टिमिटरको छ र निलो–हरियो रंगको छ । यो कचौराका लागि सुरुवाती बोली नै १ करोड २ लाख डलर लागेको थियो ।सन् २०१४ मा चीनको मिंग राजवंशका पालामा बनेको मदिराको प्याला ३ करोड ६० लाख डलरमा बिक्री भएको थियो ।