चिनीबाट बन्यो यस्ताे कार

चिनीबाट चिया बनेको हामी सबैलाई थाहा छ । तर, तपाईंले कहिल्यै सोच्नुभएको छ कि चिनीबाट यस्तो कुनै बस्तु बन्ला जसले ४ जना मानिसलाई बोकेर प्रतिघण्टा ८० किलोमिटरको गतिमा दौडिन सक्छ ।

एउट बस्तु बनेको छ, त्यो हो बायोडिग्रेडेबल कार । यो कार बनाउने नेदरल्यान्डका विद्यार्थी हुन् । उनीहरुले भनेका छन् कि कार वातावरणमैत्री बनेको छ ।

वातावरणमैत्री कार निर्माणको एक खुड्किलोका रुपमा चिनीको कार उत्पादन भएको हो । यो हल्का तौलको छ र इलेक्ट्रिक कार हो ।

कारमा चिनीबाट बनाइने कपडाको कच्चा पदार्थलाई सिट कभरका रुपमा प्रयोग गरिएको छ । नेदरल्यान्डको युनिभर्सिटी अफ टेक्नोलोजीअन्तर्गतको टियू÷इकोमोटिभ समूहका एक सदस्यले बताएअनुसार पांग्रा र सस्पेन्सन मात्र बायो बेस्ड सामग्रीबाट तयार भएका छैनन् ।

कारलाई लिना नाम दिइएको छ । यसको तौल ३ सय १० किलोग्राम मात्र छ । यद्यपि कार सञ्चालन अघि गरिने ‘प्रोटोटाइप क्रस टेस्ट’ गरिएको छैन ।