गिरि भन्छन- ‘कमल थापाजस्ता लोभी–पापीले राजनीति गरेर खाँदैनन्’
आफूलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएपछि शहरी विकासमन्त्री दीलनाथ गिरिले उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापा राजनीतिक मान्छे नभएको बताएका छन् ।
मन्त्रीपरिषदमा बस्ने जनादेश थापालाई पनि नभएको बताउँदै उनले राजीनामा दिनुपर्ने बताए ।थापालाई नाङ्गो चरित्रको राजनीतिक व्यक्ति भएको टिप्पणी गर्दै थापाका सन्तानले उनलाई सातपुस्तासम्म धिक्कार्ने बताए ।
‘राजीनामा दिइसकेको व्यक्तिलाई बर्खास्तीका लागि पत्र पठाउने होइन, थापामा अलिकति पनि नैतिकता छ भने उनी आफैले राजीनामा दिनु पर्ने हो।’ उनले भने, ‘तर मलाई थाहा छ, थापाजस्ता अकर्मण्य, लोभी,पापी राजनीतिक व्यक्तिले राजीनामा दिँदैनन्।’
विहीबार मन्त्री परिषद् बैठकमा सचिव सरुवाको विषयलाई लिएर विवादपछि शुक्रबार राप्रपा अध्यक्ष थापाले पार्टीका मन्त्री गिरिलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाका छन्।