नेपाल भित्रको अर्को नेपाल – नेपाली राजनीतिमा वकवास र वास्तविकता

“ब्यक्तिगत स्वार्थदेखि माथी नउठ्ने नेतृत्वले समृद्ध राष्ट्रको कल्पना गर्नु भनेको रुखको टुप्पोबाट बुखेचा पखेटा लगार्इ उडेर धर्तिमा देहावसान लिनु एउटै हो “नेल्सन मण्डेला

विश्व मानचित्रमा नेपाल एउटा यस्तो देशको रूपमा चिनिन्छ । आहारालाई ओछ्यान बनाएर भोकभोकै मानवका जिवित जिन्दगी छट्पटी छट्पटी मरिरहेको देखिन्छन हाम्रा छिमेकी राष्ट्र उत्तर चीन र दक्षिण भारत विशाल विकसित राष्ट्रहरु छ्न । हरेक रितिथिति दुबै राष्ट्रसंग मिल्दोजुल्दो पनि छ्न। अपशाेच रोजगारी गरिबी शिक्षा स्वस्थ्य बिकास उद्योगधन्दा कलकारखाना सुचना सञ्चार उत्पादन प्रणालीको हिसाबले नेपाल धेरै पछाडी देखिन्छ । अतः राष्ट्रियता अरु खतराको घेरामा फस्दै गएको देखिन्छ ।

लेखक

हरेक आन्दोलनहरू राष्ट्रिय समस्या समाधानका लागी भएको थिए। तितो यथार्थ के भएको हो भने हरेक राजनीतिक दल र त्यस्को नेतृत्व निहित ब्यक्तिगत स्वार्थदेखि माथी उठ्न नसक्नुनै प्रमुख समस्या देखियो र जसकाे परिणाम देशमा राजनीतिक समस्या ज्युका त्यु रहिआएको छ । राणा पञ्च्यायत,बहुदलीय ब्यवस्था र तत्कालीन राजतन्त्रलाई छड्के किनारमा उभ्याएर नाममात्रको गणतन्त्रको तितो अनुभव हामी नेपालीले लिरहेका छौ । हामी नेपालीले नाम बिशेषले कुनै पार्टीलाई दोषदिनु गल्ती हुनेछ । खासगरी त्यसको मुल नेतृत्वमा देखिने नित्कृष्ट ब्यक्तिगत स्वार्थ र असक्षमता हो।

राष्ट्रियताको सवालमा नयाँ नेपाल 

नेपाल राज्यको नामाकरणसंगै नेपालको सिमाना नेपालीको स्वाभिमान जति गौरवको एउटा अाेझपुर्ण इतिहास छ । त्यसको लेखाजोखा गर्न जरुरी देखिन्छ । पुर्बमा कामुरकामक्छ्य पश्चिममा कागडा र दक्षिणमा कातुरसम्म बिशाल नेपाल र त्यसको इतिहास अजम्बरी छ । तर किराँत सभ्यताको अन्त्य र लिच्छविकालको उदयसँगै नेपाल विभाजन भएको इतिहासकै एउटा अकल्पनीय घटनाक्रम सुरुभएको मान्नुपर्छ । जसको एउटा कारण दक्षिणी घुसपैठ थियो । भलै पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानबाट बिभाजित नेपाललाई संगठित पारेर पश्चिम काँगाडा र पुर्बमा टिष्टा समानपुर्ण बिशाल बनाउने काम गरेका थिए । इष्टैन्डिया कम्पनी सरकार सँगको लडाइ पश्चात् सुगौली सन्धिमा गुमेको भूगोललाई नेपालका राजनीति दल र तिनको मुल नेतृत्वले असमान सन्धिमा सदाको लागी बुझाउने गरेको तितो यथार्थ हो । बहुदलिय ब्यवस्थासम्म आइपुग्दा देशको रक्षा र स्वाभिमान माथी आँच आउने नैतिक हिन सम्झौता गरेर आफ्नो कुर्सी ब्यापार गर्नेकाम यथावत रहयो भने गन्तव्यमा अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतीय इयरमार्सल राख्ने अपर कर्णाली जस्ता अनैतिक र पतित सम्झौतामा हस्ताक्षर गर्नुले नेपाल र नेपालीको भावना मर्मम तरबार हान्ने काम भयो ।

यी सबै दुर्घटनाका खाडल पुरेर बेचियका नदिनाला कलकारखाना सुस्ता लिपुलेक अरुण कालापानी नालापानी महाकाली र मिचियको मेचि,कोसी पारिको भुभाग काकडभिट्टादेखी कञ्चनपुरसम्मको भूगोल स्वतन्त्र स्वाभिमान हिसाबले उपभोग गर्न कसरी पाइन्छ । नेपाली मालपोतमा जग्गाको लालपुर्जाको फोटोकपी नक्सा यथावत हुदाँहुदै भारत सरकारले तिरो (सरकारी )कर असुली गर्ने हेपहा साम्राज्यको अन्त्य कसरी होला यी सबै नेपाल भित्रको अर्को नेपाल हो।

जनतन्त्र र नयाँ नेपाल वास्तविक्ता

नाममा प्रजातन्त्र लोकतन्त्र गणतन्त्र धेरै आएको छ । ब्यवहारिक रूपमा नितान्त फरक छ । शिक्षा ,स्वास्थ ,रोजगार ,गाँस,बाँस, कपास हरेक बस्तुमा वर्गीकरण भएको छ । उत्पीडित बर्ग जाती धर्म क्षेत्रमा त्यहि प्रकारको उत्पिडन खेप्नु परेको सत्य हो । सर्बहारा बर्गको सर्बनास र नवसामन्तवादको बिकास हुनु एउटा दुर्भाग्य र अकल्पनीय मान्नुपर्छ । सामाजिक आर्थिक साँस्कृतिक राजनीति रूपमा उपल्लो बर्गकै हालीमुहाली चलिरहेको र उत्पीडित बर्गले शासन सत्ता संचालनमा आफ्नो उपस्थित गुमाउँदै जानुले स्पष्ट के देखिन्छ भने नेपाल भित्रको अर्को नेपाल छ । अब यी दुबै बर्गिय हैसियत मेटाउनु पर्छ र एउटा नेपाल निर्माण कार्यमा अगाडि बढ्नु जरुरी छ ।

जनजिविकाको सवालमा दुर्इवटा नेपाल 

उत्पादन प्रणालीमा आधुनिक बैज्ञानिक स्वरोजार परिणाममुखी नबनाइकन जनजीवन परिवर्तनको कल्पना झुठो कोरा मात्रै हुनेछ । नेपाली राजनीति वृतचित्रमा लाजमर्दो र घिनलाग्दो तितो सत्य के हो भने नेपाली समाजको जिवित जिवन स्तरोन्नति गर्न नअसक्नु हो । स्वभावैले झन्डै ६० लाख नेपाली रोजगारीको लागी खाडीमा आफ्नो जिवन पचास डिग्रीको घाममा पेलिरहेको छ । हेर्दा झट्ट नेपाल एउटामात्र छ ।ब्यवहारिक रूपमा जनजीवनलाई सत्य औल्याउँदै जादा एउटा नेपाल देश भएर राजनीतिले हरिकङकाल देश बनिरहेको छ । अर्को मानवीय श्रम शक्तिको हिसाबले खाडीमा र युरोपेली मुलुकमा जिवित जिबन बर्बाद बनाइरहेकोे यथार्थ हो । अब यो मानवीय शक्ति र सामर्थ्य कसरी एउटा नेपाल बन्छ झिल्के कुरा र फुलबुट्टे राजनीति सत्ता समीकरणले बन्छ या हरेकले ब्याक्तिगत स्वार्थ भन्दा माथी उठेपछि सम्भब छ।

बाकसमा बास्तबिकता यो छ ?

मैले यहि देखिरहेको छु समृद्ध नेपाल कागजको पान्ना रङ्गाएर हुदैन चोक र गल्लिहरुमा लुकेर बालबालिकाले होटेल र रेस्टुरेन्टका जुठा भाडा माझेर स्कुलमा जाने कापीकलमको लागि जुटाउने खर्च , र टाइसुटम स्कुल जाने बालबालिकाको जिवनस्तर सिंहदरवारमा बस्ने प्रत्येक्ष र समानुपातिक महिला सभासद र मुम्बैको कोठिम आँसु पुछ्दै रुने चेली अनि कुबेत साउदी कतार मलेसिया जापान बराहाइनम जुठाभाडा माझने चेली जिवित फर्कन्छु या रातो बाकसमा जिबनको ठेगान नदेखिएको युवा युवती मन्त्री प्रधानमन्त्री हुनेखाने बर्गका ब्याक्ती बिरामी हुँदा अन्तर्राष्ट्रिय हस्पिटल जादा गरिबले सिटामोल नपाई अकालमा जिबन खेरफाल्दा देखिने भिन्नता देख्दादेख्दै कसरी मान्न सकिन्छ । एउटा नेपाल कुन दिन आउछ नेपालमा गणतन्त्र र समाजबाद नाक बुझियो भने थाइल्यान्ड युरोप सिङ्गापुर उपचार गर्ने नेताले कुन दिन जनतालाई देलान प्रत्यक्ष लाभांश सबकोरा बाकसमा मात्रै हो।