नेपालका जननिर्वाचित वडाध्यक्षकाे भारतमा चारवटा ‘यौनगृह’ !
प्रकासित मिति : २०७४ पुस १०, सोमबार ०२:३७
प्रकासित समय : ०२:३७
महिला बेचविखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न चार स्थानमा कोठी यौनगृह सञ्चालन गरको तथ्य खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले तामाङलाई बुधबार अपराहन दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ गरेलगत्तै नुवाकोट दुप्चेश्वर गाउपालिका १ का तीनजना पीडित महिलाले तामाङविरुद्ध ‘सिआईबी’मा जाहेरी दिएका छन्, आजको नयाँ पत्रिकामा यो खबर छ