हात्ती बिग्रियाे कि मुसाे सप्रियाे ?

सुँगुर कहिल्यै नदेखेको मानिसले पहिलाे पटक सुँगुर देख्दा अचम्मित भएछ। टाउकाे र पुच्छर सम्म दाेह्रयाई तेह्र्याई हेर्दा मुसाे जस्ताे पनि छ। नाक हात्तीको सुंड र पुच्छर पनि हात्ती कै जस्ताे देखेपछि अनाैठाे मान्दै भन्याे “हैन याे हात्ती बिग्रिएर यस्ताे भयाे हाेला कि मुसाे सप्रेर यस्ताे भयाे हाेला ?”

सन्दर्भ हाे माअाेवादी केन्द्रकाे। भर्खरै निर्वाचन सम्पन्न भएर परिणाम पनि अाईसकेकाे छ। संविधान कृयान्वयनकाे दाेस्राे चरणकाे निर्वाचनमा मत परिणाम हेर्दा माअाेवादी केन्द्रकाे पक्षमा बिराेधाभाष मत देखा परेकाे छ । प्रत्यक्ष तर्फकाे परिणाम हेर्दा माअाेवादी उकालाे लागेकाे संकेत देखिन्छ भने समानुपातिक तर्फ हेर्याे भने अाेह्रालाे लागेकाे।

नेपाली राजनितीमा कायम रहेको अस्थिरता र अन्याैलता तथा त्यसमा टेकेर अाफ्नाे प्रभाव जमाई राख्न उद्दत बिदेशी शक्तिबाट मुक्ति पाउन माअाेवादी र एमाले पार्टी नेतृत्वले पार्टि एकताकाे प्रस्ताव सहित बाम गठबन्धन बनाएर चुनाव लडे याे विगत देखिका नेपाली जनताले माग गर्दै अाए तर पूरा हुन नसकेकाे बिषय थियाे । जाे यसपालि पूरा भाे याे ऐतिहासिक कदमले मार्क्सवाद विज्ञान र मार्क्सवादी विज्ञानका विद्यार्थी हुन भन्ने पुनर पुष्टि भयाे।

तर एकता लागि प्रत्यक्ष तर्फ भारि समर्थन गर्दै पार्टी एकता काे प्रस्ताव जनताले अनुमाेदन गरिसके।तर समानुपातिक तर्फ अलग चिन्ह लिएर लडेका पार्टी मध्य माअाेवादी केन्द्र काे ह्रास उन्मुख किन भयाे?जब कि ०६४ मा ३२ लाख ,०७०मा साडे १५ लाख थियाे भने यति बेला १३ लाख किन ?

सामान्य हिसाबले पार्टि फुटकाे प्रभाव कायमै रह्याे र अझ माअाेवादी कै एउटा हिस्साले बहिष्कार गर्याे तर त्याे मत कंग्रेसमा गयाे । उता हेराैं भने ०७० मा एक्लै लड्दा १६ थियाे यतिबेला माअाेवादी दुई समूह बिच एकता सहित चुनाव लडिएकाे छ । फेरि पनि कमि अायाे !
यसकाे मुख्य कारण मध्य मतदाता शिक्षाकाे अपर्याप्तता हाे। निर्वाचन अायाेगकाे अमुर्त शिक्षा यसकाे कारण हाे।

अर्काे कुरा प्रत्यक्ष तर्फका उमेदवार हरु अाफ्नै चटाराेमा लागेर पार्टीको मत माग्न भ्याएनन् अझ त कतिपय ठाउमा त “प्रदेशमा उता गरे पनि केन्द्रमा मलाई दिनुहाेला “वा प्रदेशकाे ले “केन्द्रमा अाफ्नाे लाई दिनु प्रदेशमा मलाई।”भन्दै जादा समानुपातिक मत माग्ने ध्यान कम भाे।तेस्राेमा एकथरि चतुर साथिहुले “पार्टी एकता भई सक्याे दुई ठाउँ किन गर्ने सबै यतै गराैं”भ्रम पारेकाे पनि पाईयाे।चाैथाे र मुख्य रुपले बिगतमा समानुपातिक सभासद चयन गर्दा भएका स्वैच्छाचारिता ले काम गर्याे। बिगतमा बरिस्ठहरुका परिवार,नातागाेतामा बढि केन्द्रित हुदा र पुरानै लाई दाेहर्याई,तेह्रयाई राख्दा अनि यति बेलाकाे बन्द सुचिका अग्रभाग मा उनैका नाम देखे पछि एकथरि उमेदवारमा उदासिनता देखा पर्नु मत कम अाउनु काे कारण हाे ।

यसलाई सच्याएर अगाडि बढ्न सके मात्र विश्वास जाग्ने छ । यतिबेला फेरि पनि सिजन अाएकाे छ। फेरि पुराना कम्जाेरि दाेह्रयाउनु हुदैन।पुराना लाई नदाेह्रयाउने,एकाघरका पर्ने गर्नु हुदैन,पार्टी कामकाे बेला पलेटि कसेर सुत्ने र यति बेला जुरुक्क उठेर सक्रिय देखिने लाई पनि राख्नु हुदैन,जनताले चिन्दै नचिनेका देख्दै नदेखेका लाई राखएन र अवसर नपाएका ,लगनशील ,कृयाशिल,ईमानदार लाई चयन गरियाे भने कार्यकर्तामा विश्वास जाग्ने छ अागामि दिनमा पार्टी उकालाे लाग्ने छ।अन्यथा हात्ती बाट सुँगुर ,सुँगुर बाट मुसाे हुन बेर लाग्ने छैन भन्दा अन्यथा हुदैनकि ?

लेखक माअाेवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य हुन ।