माओवादीमा मन्त्री बन्न कनिष्ठदेखि वरिष्ठ नेतासम्मकाे लर्काे

निर्वाचन सकिए लगतै वामगठबन्धनकाे सरकार बन्ने करिब निश्चत भएपछि माओवादीमा मन्त्री बन्ने कनिष्ठदेखि वरिष्ठ नेतासम्मकाे लर्काे हेडक्वाटरमा लाग्ने गरेकाे  छ । माअाेबादी माअाेवादी उच्चस्राेतका अनुसार  बिशेषगरी मन्त्री हुने अबसर नपाएकाहरूले अबसर पाउनु पर्ने कुरा राख्दै अाएका छन । वामगठबन्धनकाे भबिश्य नै के हुने भन्ने अन्याैल बढिरहेका बेला माओवादी केन्द्रमा भने मन्त्री बन्नेहरुको तीव्र चलखेल सुरु भएको हाे । माओवादीमा मन्त्री बन्न कनिष्ठदेखि वरिष्ठ नेतासम्म चलखेलमा लागेका हुन् ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बन्ने नयाँ सरकारमा पार्टीका सिनियर र नतिजामुलक काम गरेर देखाउन सक्ने क्षमतावानलाई मात्र मन्त्री बनाउने सोचमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । लाजिम्पाट उच्च श्रोतका अनुसार माओवादी नेता वर्षमान पुनको नेतृत्वमा सरकारमा जाने सम्भावना बढी छ । पुन प्रचण्डका विश्वासपात्र मानिन्छन् ।

यद्यपि टोपबहादुर रायमाझी र जनार्दन शर्माले समेत पार्टीका तर्फबाट सरकारमा जानेको नेतृत्व लिन चाहेका छन् । ओली सरकारमा पुन, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव र शक्ति बस्नेत मन्त्री बन्ने करिब पक्काजस्तै छ । पटकपटक मन्त्री हुन लोभ देखाएको भन्दै आलोचित भएका कृष्णबहादुर महरा स्वयंलाई यसपटक मन्त्री बन्ने रहर छैन ।

उनले सभामुखमा आँखा लगाएका छन् । यस्तै मन्त्रीमा नुवाकोट–१ बट पूर्वअर्थमन्त्री रामशरण महतलाई पराजित गरेका नेता हितबहादुर तामाङको समेत बढी सम्भावना रहेको स्रोतले बतायो । मोरङबाट अर्का पूर्वअर्थमन्त्री काँग्रेसका महेश आचार्यलाई पराजित गरेका युवा नेता अमनलाल मोदी पनि मन्त्रीका प्रवल दाबेदार छन् । ओली सरकारमा माओवादीले १० मन्त्रालय पाउने सहमति भइसकेको स्रोतले बतायो ।