मेरा बा !
प्रकासित मिति : २०७४ पुस १, शनिबार ११:०१
प्रकासित समय : ११:०१

लेखक
कुटो कोदाली गर्दै पसिना बगाउछन मेरा बा
छोरो सहर पढाउन भनी कमाउछन मेरा बा !
आखिर बुझ्नै पर्छ मैले मेरा बाको पसिना
राम्रो गरे स्याबास देलान् नत्र बर्बराउछन मेरा बा !
म सज्जन भए पो खुसी हुन्छन् मेरा सन्तान पनि
नत्र त्यही समाजको अगाडि लर्बराउछन मेरा बा !
ए छोरो राम्रो बन्नू भनी,खबरदारी गर्दाखेरी
म त पढ्दिन भन्दिन्छु अनि डराउछन मेरा बा !
आखिर मैले राम्रो काम गरे ,बच्छ इज्जत सबैको
नराम्रो गरे त्यही समाज बाट,हराउछन मेरा बा !!
कालिकोट ।