बाँकेमा १४ किलो चरेससहित ४ जनालाई पक्राउ
प्रकासित मिति : २०७४ मंसिर २५, सोमबार ००:५५
प्रकासित समय : ००:५५
बाँके,संघीय प्रहरी एकाइ कार्यालय नेपालगञ्जको टोलीले १४ किलो चरेससहित ४ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा बाँकेको बैजनाथ गाउँपालिका-१, चिसापानीबाट १४ किलो चरेससहित ४ जनालाई प्रहरीले शुक्रबार राति करिब ११ बजे पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कुसे गाउँपालिका-८, पजारु, जाजरकोटका २७ वर्षीय अर्जुन बस्नेत, सोही ठाउँका ३० वर्षीय रामबहादुर खत्री, २२ वर्षीय प्रेमबहादुर खत्री र सोही ठाउँकै ४३ वर्षीय प्रेमबहादुर खत्री रहेको संघीय प्रहरी एकाइ कार्यालय नेपालगञ्जले जनाएको छ।
पक्राउ परेकालाई शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। संघीय प्रहरी एकाइ कार्यालयका डिएसपी नान्ति राज गुरुङले १४ किलो लागुऔषध चरेससहित ४ जनालाई पक्राउ गरेको बताए।