निर्वाचन अवधिभर नेपालगन्ज भन्सारमा यसरी हुदैछ चेकजाँच
नेपाल-भारत सीमाका प्राय सबै नाका निर्वाचन अबधिभर ७२ घण्टासम्मको लागि सिल गरिएको छ । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार विहानदेखि नेपाल-भारत सीमासँग सीमा नाका सिल गरिएको हाे ।
त्यस्तै नेपालगन्ज भन्सार कार्यालयका सुरक्षा प्रमुख सन्ताेष साहले नेपालगन्ज भन्सारमा पनि बिषेश ढंगले सुरक्षा चेकजाँच गरेकाे जानकारी दिएका छन ।
साहले नेपालगन्ज भन्सारमा बिषेश चेकजाँच र सुरक्षा ब्यवस्थालार्इ कडा गरिएकाे समेत बताएका हुन । उनले अपराधिक क्रियाकलाप राेकथाम गर्नका लागि सिमानाकामा बिशेष सुरक्षा टाेली परिचालन गरिएकाे समेत बताए ।
उनले सर्वधारणलार्इ असर नपर्ने गरी जनजिविका प्रभावित नहुनेगरी सुरक्षा ब्यवस्था मिलाएकाे बताएका छन । सोमबार राति १२ बजेदेखि बन्द गरिएका सबै नाका मंसिर २१ गते राति १२ बजेपछि मात्रै खुल्नेछन् ।