बर्दियामा उम्मेदवारको घर नजिक बम विस्फोट
प्रकासित मिति : २०७४ मंसिर १९, मंगलवार ०१:२३
प्रकासित समय : ०१:२३
बर्दियाको बाँसगढी नगरपालिका–५ बाँसगढी बजार सोमबार बम विस्फोट भएको छ। नयाँ शक्ति नेपाल पार्टीका बर्दिया संयोजक तथा बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशव पौडेलको घर नजिकै रहेको नालीमा बम विस्फोट भएको हो।
विस्फोटको क्षति बारे विस्तृत बिवरण आएको छैन। पौडेल उम्मेदवार भएकोले उनको घरलाई लक्षित गरेर विस्फोट गराइएको हुन सक्ने प्रहरीको अनुमान छ। विस्फोटमा संलग्नहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ।