चुनाव र बम, दोषी को ?

लेखक

युद्ध निर्मम हुन्छ, बन्दुकको नालबाट निस्केको गोलीले मान्छे चिन्दैन, युद्धमा व्यक्तिका भावनाहरु बिचारले दवार्इएका हुन्छन । आफ्ना प्रियहरुलाई आफ्नै अगाडी गोलीले छिया छिया पार्दा मुटुलाई ढुंगा बनाई छाडेर हिड्नु पर्ने हुन्छ, काधमा बम बोकेर दुस्मनको बंकर तोड्न आफै पड्कनुपर्ने हुन्छ ।

यी सबै घटनाहरु हामीले भोगेर देखेर आएका छौ र मुख्य कुरा यो सब के का लागी ? एउटा बादशाह ढालेर अर्को बादशाह जन्माउनको लागी ? या गलतको बिरुद्ध आवाज उठाउदा जेलको चिसो छिडी भित्र कोचिनको लागी ? हिजोका ति मृत्यु जितेका योद्धाहरु र आफ्ना प्रियहरु गुमाएका जनताहरुले यसको जवाफ खोजिरहेका छन् ।

हिजो संसदीय ब्यबस्था फाल्नको लागी हतियार बोकेका युद्ध कमाण्डरहरु आज लाज पचाएर त्यहि संसदीय ब्यबस्थामा जनतालाई आस्वासनका पोका बाड्दै भोट किन बेचमा ब्यस्त छन् । अझ लाजमर्दो कुरा त १० बर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्डले सहिदका सपना अनि जनताको आशालाई बागमतिमा बगाएर मदन भण्डारी, बिपी र गिरिजाको सपना पुरा गर्ने बाचा गर्दै हिडिरहेका छन् र उनले चिच्याउदै कसम खादा तररर ताली बजाउने योद्धाहरुको पनि कमि छैन ।

के ति महान सहिदहरुले मदन, बिपी र गिरिजाको सपना पुरा गर्न आफ्नो ज्यान गुमाएका थिए ? हो यहि हो संसदीय व्यबस्थाको भद्दा कुरुपता यहा चुनाब जित्न जे पनि बोल्नु पर्छ र जे पनि गर्नु पर्छ । यहि कुरूपताको अन्त्य गर्न नै कम्युनिस्ट क्रान्तिकारीहरुले बम पड़काइरहेका छन् ।

आज पनि संसदीय कुरुपताको अन्य भएको छैन । यो त झन् श्रींगार गरेर नयाँ रुपमा आएको छ सृङ्गारले बाहिरी रुपमा सुन्दर देखिए पनि यसको भित्रि कुरुपता झनै डरलाग्दो बनेको छ । जबसम्म यो व्यबस्थाको कुरुपता अन्त्य हुदैन तब सम्म यो कुरूपताको भट्टीमा बम पड्किरहन्छ । यो कुरूपताको भट्टी भित्र नसामा मातिएका पिएक्कड र भुलक्कडहरुसंग लड्दा उनीहरुलाई हानेको बमले निर्दोष सर्बसाधारणको ज्यान जाँदा कसलाई पिडा हुदैन र ? 

यहाँ एकले अर्कालाई दोषी देखाईरहेको छ । रोल्पाका झुप्रागाउमा जिउदै जलाइएका बच्चाका आमाहरुको आसु अझै सुकेका छैनन् । त्यस्तै युद्धमा मरिएका सेनाका श्रीमतीका आँसु पनि अझै सुकेका छैनन । के उनिहरु दोषी थिए त  ? दोरम्बामा र शिवपुरिमा पुरिएका आस्थाका बन्दीहरु दोषी थिए त ? के देशलाई मुक्त गर्छु भनि कम्युनिष्ट बिचार बोक्नु उनिहरुको दोष थियो ? 

यहाँ दोषी अरु कोहि नभई केवल यो कुरुप संसदीय ब्यबस्था र त्यसका रखवालाहरु हुन ।  यिनै साझा दोषीहलाई जनता सामु कठघरामा उभ्याउनको लागि नै हिजो बम पड्केका थिए र आज पनि पड्किरहेका छन् । यद्दपी जसरी निर्दोषहरु यसको मारमा परेका छन् । त्यसले कसैलाई खुसि बनाएको छैन । अर्को कुरा बालबालिका शान्तिका प्रतिक हुन् उनीहरुलाई कुनै क्रियाकलापमा संलग्न नबनाउने भन्दै संबिधान बनाउनेहरुले चुनाबी सभामा तिनै बालबालिकाहरुलाई किन प्रयोग गर्छन ?  बम हान्नेले बालबालिका कहाँ छन् भनि खोजि खोजि हानेका त होइनन होला ? आज हामीले, बम पड्कदा निर्दोषको ज्यान गयो बम पड्काउने दोषी हुन् ,भनि रहदा बालबालिकालाई सभामा पयोग गर्ने दोषी हुन् की होइनन ?

पत्रकार, महिला, बिरामीहरुलाई समेत आस्थाको आधारमा बन्दी बनाउनेहरु दोषी हुन् कि होइनन ?  हामीले अब द्वान्दबादी तरिकाले सोच्नेकी ? मुख्य कुरा राज्य दमन र धरापकटमा जति निर्मम भएर उत्रन्छ यस्ता घटना बढ्दै जान्छन हाम्रो भावनाले रोक्न सक्दैन ।

यहाँ मुख्य दोषी राज्य सत्ता हो अरु त देखाउन दाँँत मात्र हुन् ।  आफ्ना केहि त्रुटिहरुलाई सच्याउने कोसिस गर्दै बालबच्चा र निर्दोष जनतालाई यो अवस्थामा यस्ता सभाहरुमा सहभागी नबनाउन सुझाब दिदै यो दमनको बिरुद्ध लड्नु सिवाय क्रान्तिकारीसंग अर्को विकल्प छैन । कि त यो कुरुप व्यबस्थाको नाङ्गो नाचमा ताली बजाउदै रमाउन सक्नु पर्यो होइन । भने यसको बिरुद्ध लड्नुको बिकल्प छैन । कम्युनिस्टहरुको जिवनमा सुख, खुसि सायदै कमै हुन्छ, जब जनता त्यो पनि निम्नबर्गका खुसि र सुखी हुन्छन तब मात्र कम्युनिस्टहरुले सुखक सास फेर्न सक्छन ।

अन्तमा, यो ब्यबस्था नढल्दा सम्म, ति तमाम शहिद तथा बेपत्ता र उनीहरुका प्रिय आफन्तहरुको सपना पुरा नभए सम्म यो लडाई रोकिदैन र राेकिनु पनि हुदैन । लडाईमा निर्दोषहरुको क्षतिलाइ न्यूनतम बनाउनु र त्रुटिहरूलाई सच्याऊदै अघिबढ़नु नै अहिलेको अबस्यकता हो न की लडाइ नै रोकनु । हामी भौतिक रुपमा जो जहाँ रहे पनि यो स्वतंत्रता र न्यायपूर्ण लडाइमा सधै साथ नै रहने छ । नेपाली जनताले यो भाबलाइ ज़रूर बुझने छन र साथ दीने छन र दिदै आएका छन ।