मतमेटिका जाेगाउन तीन घेरामा सुरक्षाकर्मी

जुम्ला सदरमुकाम खलंगास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका राखिएको कोठा बाहिर सुरक्षा दिन बसेका दलका प्रतिनिधि ।तस्बिरः नागरिकबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणअन्तर्गत आइतबार मतदान भएका उच्च हिमाली जिल्लाका मतपेटिका विभिन्न केन्द्रबाट सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ।

तर, ती मतपेटिकालाई पहरा दिएर सुरक्षित राख्न सुरक्षाकर्मी र दलका कार्यकर्तालाई कठ्याङ्ग्रिदो चिसो चुनौती बनेको छ। जुम्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न मतदान केन्द्रबाट संकलन गरी मतपेटिका ल्याइएको छ।

ती मतपेटिका मतगणना नहुँदासम्म सुरक्षित राख्न सुरक्षाकर्मीसँगै वाम गठबन्धन र कांग्रेस प्रतिनिधि खटिएका छन्।यो खबर आजको नागरिकमा छ । कठ्याङ्ग्रिँदो चिसोमा २४ सैं घन्टा मतपेटिकालाई पहरा दिनुपर्दा समस्या भएको वाम गठबन्धनबाट प्रदेशसभा (ख) का उम्मेदवार पदमबहादुर रोकायाले बताए । उनले भने, ‘मतगणना नहुँदासम्म पहरा दिँदा बिरामी भइने पो हो कि भन्ने चिन्ता थपिएको छ।’

सरकारले मतपेटिकाको सुरक्षाका लागि तीनवटा सुरक्षा घेरा बनाएको छ । जुम्ला सदरमुकाम खलंगामा संकलन गरिएको दुई सय ७० मतपेटिका रेखदेख गर्न सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।