प्रधानमन्त्री नीवास बालुवाटारमै बम विस्फोट ! स्थिति तनावग्रस्त
प्रकासित मिति : २०७४ मंसिर १३, बुधबार ०४:२५
प्रकासित समय : ०४:२५
प्रधानमन्त्री निवास बालुवाटारमा बम विस्फोट भएको छ । पहिलो पटक बलुवाटारमा बम विस्फोट भएको हो । बुधबार विहानै प्रधानमन्त्री नीवासको २ नम्बर गेटमा बम पड्किएको बताइएको छ । मानिसहरु मोर्निङ वाकमा निस्केको बेला विहान करिब ६ बजेतिर बम विस्फोट भएको बताइएको छ ।
अहिले बालुवाटर क्षेत्रमा तनाव उत्पन्न भएको छ । प्रधानमन्त्री निवासको गेटमा रहेका सुरक्षाकर्मी समेत बम विस्फोट हुँदा भित्र पसेको स्थानीयले बताएका छन् । बम विस्फोटको जिम्मा कसैले लिएको छैन ।
हिजो दिउँसो मात्र प्रधानमन्त्री सहभागी कार्यक्रम र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बम विस्फोट भएका थिए ।
थप विवरण आउन बाँकी ।