८८ वर्षीय वृद्धले सेक्स प्रस्ताव राखेपछि…

अमेरिकी संसदमा निकै लामो समय सेवा गरेका वरिष्ठ डेमोक्रेटिक सांसद जोन कनयर्सले यौन दुव्र्यवहारको आरोप लागेपछि न्यायिक समितिको सदस्यबाट राजीनामा दिएका छन् ।

आफूले कुनै पनि प्रकारको यौन दुव्र्यवहार नगरको स्पष्ट पार्दै उनले आफूमाथि लागेको आरोपबाट सफाइका लागि राजीनामा दिएको पनि बताएका छन् । मिशिगनबाट प्रतिनिधित्वि गर्ने सांसद कनयर्सकी एक कर्मचारीले आफूले यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा जागिरबाट हटाएको आरोप लगाएकी छन् ।

अमेरिकाका मानवअधिकारवादी नेता समेत रहेका कनयर्स अमेरिकी कंग्रेसमा सने १९६५ मा चयन भएका थिए । उनीमाथि अमेरिकी संसदको ‘इथिक्स कमिटि’ ले उनीविरुद्ध यौन दुव्र्यवहार र उमेर विभेदका विषयमा छानविन सुरु गरेको छ । ८८ वर्षीय डेमोक्रेट कनयर्स सन् १९६० को दशकमा राष्ट्रपति लिण्डन जनसनको मातहतमा काम गर्ने अन्तिम सांसद थिए ।

अमेरिकी सञ्चारमाध्यम, हलिवूड र राजनीतिका प्रभावशाली व्यक्तिविरुद्ध यौन दुव्र्यवहारको अभियोग शृङखलाबद्ध रुपमा आइरहेका बेला बयोवृद्ध सांसद कनयर्समाथि पनि यस्तै आरोप आएको हो ।

सन् २०१५ मा एकजना महिलाले यौन प्रस्ताव अस्वीकार गर्दा पदबाट हटाइएको र अभियोग गोप्य राख्ने शर्तमा उनले ती महिलालाई २७ हजार डलर तिरेको समाचार बिहीबार मात्रै बाहिर आएको थियो । अमेरिकी संसदका सभामुख पल रायनले यसलाई ‘अति समस्याकारी’ भनेका छन् ।

उनले पटक पटक यौन सम्बन्ध राख्नका लागि दबाब दिने गरेको र अन्य महिला कर्मचारीमाथि समेत जनाइएको छ । कनयर्सले भने यो आरोप गलत र पक्षपातपूर्ण भएको भन्दै खण्डन गरेका छन् । यद्यपि यी दस्तावेजहरु स्वतन्त्र रुपमा पुष्टि भइसकेका छैनन् । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका डेमोक्रेटिक नेता न्यान्सी पिलोसीले कनयर्सले यसबारेमा उचित प्रक्रिया प्राप्त गर्नुपर्ने बताएकी छन् ।