गुल्मीकाे न्याउलेको जंगलमा बम विस्फोट, मतपेटिका छोडेर भागाभाग

चुनावी कार्यक्रममा जाँदै गर्दा जिल्लामा नेपाली काँग्रेसका नेताहरुलाई लक्षित गरेर बम विस्फोट भएको छ । गुल्मी जिल्लाको क्षेत्र नं २ मा चुनावी कार्यक्रममा जाँदै गर्दा अज्ञात समूहले नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नं २ का पार्टी सभापति भगत खड्कमाथि बम प्रहार भएको हो ।

मुसिकोट नगरपालिका वाड नं १ को नेटा को घुम्तिमा उक्त विस्फोटमा दुबै जना बालबाले बाचेका छन् । गुल्मीको दर्लिङमा चुनावी सभा गर्नको लागि जाँदैगर्दा माथिबाट फालिएको बम गाडीभन्दा ५ मिटर पछाडि खस्नाले दुवैजनाको ज्यान बस्न सफल भएको हो । भगत खड्काका अनुसार प्रहरीलाइ खबर गरिएको र प्रहरी आएपछि कार्यक्रममा जाने बताए ।

प्रहरी उपरीक्षक अनुराग दुबेदिले चौकिबाट प्रहरीको टोली घटनास्थलमा पठाइसकिएको बताए । नेपाली कांग्रेस गुल्मी ले घटनाको भत्सर्ना गरेको छ र दोषीलाई कार्वाहीको लागि जोडदार माग गरेको छ ।