यी मतदान स्थल जहाँ सञ्चार सम्पर्कसमेत छैन
पहिलो चरणको निर्वाचन हुन लागेको ५ र ६ नम्वर प्रदेशको केही मतदान स्थल टेलिफोन सम्पर्क समेत हुन नसक्ने स्थलमा राखिएको छन्। अत्यन्त दुर्गम र सुरक्षाको दृष्टिकोणले समेत उच्च जोखिम स्थानमा रहेका यी स्थानमा हवाई निगारानी बढाउन स्थानीय प्रशासनले माग गरेका छन्।
माथिल्लो डोल्पामा पर्ने तीनवटा गाउँपालिकाका कुनै पनि मतदान स्थलसञ्चार सम्पर्कमा छैनन्। यी ठाउँको अवस्था बुझ्न सुरक्षा निकायको सञ्चार सेटमा भर पर्नु पर्ने अवस्था छ। ‘टेलिफोन सम्पर्क नहुने ठाउँमा हामीले टेलिफोन सम्पर्क अझ बलियो बनाएका छौँ’ मध्यपश्चिम क्षेत्रिय प्रशासक सुरेशमान प्रभानले भने, ‘त्तकालको लागि सुरक्षा कर्मीको सञ्चार सेटमा भर पर्नुको विकल्प छैन’। पूर्वी रुकुमका नौ मतदान केन्द्र सञ्चार सम्पर्कबाहिर छन्।
रन्मामैकोट,अर्जल, हुकाम, पोल्मा, सिस्ने जाङ, खारावाङ, कोल र राङ्सी केन्द्रमा टेलिफोन टावर छैन। पोल्मा केन्द्रमा त सुरक्षकर्मकी सञ्चार सेटले पनि काम गर्दैन। रोल्पाको सुनछहारी, थबाङ र सुकीदह गाउँपालिकाका केही मतदान स्थल पनि सम्पर्कमा छैन्।