रुकुममा अर्को समानुपातिकको मतपेटिका पनि जल्यो
प्रकासित मिति : २०७४ मंसिर १०, आईतवार ११:३२
प्रकासित समय : ११:३२
रुकुमको आठबीसकोट नगरपालिका वडा नम्बर ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय गत्तासैना मतदान केन्द्रमा पनि मतपेटिका जलाइएको छ। एसिड प्रयोग गरेर समानुपतिकतर्फको मतपेटिका जलाइएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक राजेन्द्र थमलाले जानकारी दिए।
मतपेटिकामा एसिड हाल्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदानका लागि गएका व्यक्तिले नै एसिड प्रयोग गरेर आगजनी गरेको प्रहरीले जनाएको छ।
हाल सो केन्द्रमा मतदान स्थगित भएको छ। घटनाबारे थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि रुकुमको बाँफिकोट गाउँपालिकाको वडा नम्बर ५ मा रहेको रत्न मावि काँडा मतदान केन्द्रमा आगजनी भएको थियो।