ट्विटरबाट प्रचारप्रसार गरेको भन्दै रवीन्द्र अधिकारीलाई आयोगकाे स्पष्टीकरण
प्रकासित मिति : २०७४ मंसिर १०, आईतवार ०१:११
प्रकासित समय : ०१:११
एमाले नेता एवं कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारीसँग स्पष्टीकरण मागेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरण अन्तर्गत आइतबार हुन गइरहेको मतदानको लागि मौन अवधि चलिरहेका बेला अधिकारीले सामाजिक सञ्जाल ट्विटरको प्रोफाइल फोटोमा निर्वाचन चिह्न राखेर प्रचारप्रसार गरी आचारसंहिता उलंघन गरेकोले स्पष्टीकरण मागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
पहिलो चरणको निर्वाचनको मौन अवधि मिति २०७४ मङ्सिर ७ गते राती १२ बजेदेखि सुरु भइसकेको छ। मौन अवधिमा निर्वाचन आचारसंहिता अनुसार सामाजिक सञ्जालदेखि एसएमएसबाट समेत भोट माग्न पाइदैन। आयोगले सोही आधारमा अधिकारीले आचारसंहिता उलंघन गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको हो।