यसरी गरेका थिए रविन्द्र मिश्रले नेपाललाई भारतमा गाभ्ने षड्यन्त्र
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई चुनाव मुखमा नेपाललाई भारतमा गाभ्ने षड्यन्त्र गरेको गम्भीर आरोप लागेको छ । उनीमाथिको यो अारोप नयाँ होइन । उनी अरुको योजनाबाट परिचालिन भएका हुन भन्ने कुरा धेरैलाई लागेकै छ । नेपाललाई भारतसँग गाभ्ने षड्यन्त्रमा मिश्र बेलायतबाटै परिचालित भएका थिए । भन्नेहरूकाे कमि नभएकाे बेला यस्ताे अाराेप लाग्नुलार्इ गम्भीर रूपमा हेरिएकाे छ ।
कसरी परिचालित भएका थिए ?
सन् २००० मा बीबीसी वर्ल्ड सर्भिसको दक्षिण एसियाली बहस ‘साउथ एसियन डिबेट्स’ मा नेपाललाई भारतसँग गाभ्दा के हुन्छ ? भन्दै स्रोता र पाठकसँग सोधिएको थियो । उक्त प्रश्न रेडियोबाट पनि पढेर सुनाइन्थ्यो र अनलाइन सस्करणमा पनि राखिएको थियो ।
वि.सं. २०५७ सालमा चलाइएको कार्यक्रममा यस्तो थियो सोधिएको प्रश्न- ‘नेपाल गरिब, अविकसित राष्ट्रका रुपमा रहेको छ । दक्षिण एसियाका अन्य देशहरुमा भन्दा यहाँ परिवर्तन निकै ढिला भएको छ । भाषा, संस्कृति र धर्म लगायतका विषयमा निकै समानता जब छ भने नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्दा अझ राम्रो होला ?’
उक्त प्रश्नको जवाफमा दिने सबैले प्रश्नप्रति अापत्ति जनाउँदै स्वतन्त्र देशमाथिको अपमान भनेका थिए । चौतर्फी विरोध भएपछि केही सच्चाइएको थियो । पछि ‘के नेपालले भारतसँग नजिकको सम्बन्ध विकास गर्नुपर्छ ?’ सोधिएको थियो । एउटा सार्वभौम देशमाथि यस्तो प्रश्न किन सोधिएको होला वा बीबीसी नेपाललाई भारतसँग गाभ्न किन लागेको होला भन्ने प्रश्नको उत्तर अझै नेपालीले पाएका छैनन् । त्यसको उत्तर मतदाताले मिश्रसँग मागेका छन् ।
यस्तो थियो सच्चाइएको प्रश्न
सन् १०९५ बाट मिश्रले बीबीसीमा जागिर सुरु गरेका थिए । सुरुका केही वर्ष नेपाली सेवामा काम गरेपनि मिश्रले अंग्रेजी भाषाका कार्यक्रम वर्ल्ड टुडे र न्यूज आवर र पछी बीबीसी वर्ल्ड सर्भिस न्यूज रुपममा काम गरे । उक्त प्रश्न त्यही वर्ल्ड टुडेको अनलाइनमा उक्त प्रश्न राखिएको थियो । जो अहिले पनि हेर्न सकिन्छ । बीबीसीले पुरानाका कार्यक्रम अर्काइभमा राखेको छ ।
२०५७ सालमा नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । कोइरालाले पनि उक्त प्रश्नप्रति आपत्ति जनाएको बताइन्छ । कोइरालाले तत्कालिन बीबीसी नेपाली सेवाका प्रमुख खगेन्द्र पन्तसँग पनि यो प्रश्नबारे कुरा गरेका थिए ।
मिश्र अहिले बीबीसीको जागिर छोडेर राजनीतिमा अाएका छन् । अहिले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लडिरहेका छन् ।
कसले लगायाे त याे अाराेप
विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई चुनाव मुखमा नेपाललाई भारतसँग गाभ्ने षड्यन्त्र गरेको गम्भीर आरोप लागेको छ ।
उक्त आरोप सामान्य नेपालीले लगाएको भने होइन, इतिहासकार, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले एक टेलिभिजनसँगको अन्तरवार्ताको क्रममा “मिश्र भनिने व्यक्ति त्यही मानिस हुन जसले आजभन्दा १५ वर्षअघि आफूले काम गर्ने बीबीसीको दुरुपयोग गरेर नेपाललाई भारतमा गाम्दा केही फरक पर्छ ?” भन्ने प्रश्नमा कार्यक्रम चलाएका थिए । केसीले मिश्रलाई नेपाल र नेपालीको माया भन्दा पनि चुनाव जितेर आफ्नो मिशन अगाडि बढाउने अभियानमा रहेको बताए ।
निकै विवाद भएको उक्त कार्यक्रम बीबीसीको भएपनि उक्त प्रश्न मिश्रले नै बनाएको आरोप लाग्दै आएको छ । उनले उक्त कार्यक्रम संचालन गरेको कुरा स्वीकार गरिसकेका छन् र अहिले त्यसमा नबोल्ने बताएका छन् । सन् २००० मा बीबीसी वल्र्ड सर्भिसको दक्षिण एसियाली बहस ‘साउथ एसियन डिबेट्स’ मा नेपाललाई भारतसँग गाभ्दा के हुन्छ ? भन्दै स्रोता र पाठकसँग सोधिएको थियो । उक्त प्रश्न रेडियोबाट पनि पढेर सुनाइन्थ्यो र अनलाइन सस्करणमा पनि राखिएको थियो ।
वि.सं. २०५७ सालमा चलाइएको कार्यक्रममा यस्तो थियो सोधिएको प्रश्न– ‘नेपाल गरिब, अविकसित राष्ट्रका रुपमा रहेको छ । दक्षिण एसियाका अन्य देशहरुमा भन्दा यहाँ परिवर्तन निकै ढिला भएको छ । भाषा, संस्कृति र धर्म लगायतका विषयमा निकै समानता जब छ भने नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्दा अझ राम्रो होला ?’ उक्त प्रश्नको जवाफमा दिने सबैले प्रश्नप्रति अापत्ति जनाउँदै स्वतन्त्र देशमाथिको अपमान भनेका थिए । चौतर्फी विरोध भएपछि केही सच्चाइएको थियो । पछि ‘के नेपालले भारतसँग नजिकको सम्बन्ध विकास गर्नुपर्छ ?’ सोधिएको थियो ।
एउटा सार्वभौम देशमाथि यस्तो प्रश्न किन सोधिएको होला वा बीबीसी नेपाललाई भारतसँग गाभ्न किन लागेको होला भन्ने प्रश्नको उत्तर अझै नेपालीले पाएका छैनन् । त्यसको उत्तर मतदाताले मिश्रसँग मागेका छन् ।