सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुको यस्ताे‘दादागिरी’नेपालीहरु सास्तीमा
नेपालकाे प्राय सिमा क्षेत्रमा भारतिय सुरक्षाकर्मीकाे दादागरी सहिनसक्नुकाे छ । बिभिन्न बहानामा भएकाे उक्त दादागिरीले सिमा क्षेत्रका नेपालीहरूलार्इ अाक्रान्त बनाएकाे छ । सीमामा थिचोमिचो जारी छ । सीमा रक्षककोरुपमा उभिएका जंगे पिलरहरु हराउँदै जाँदा र नेपाली पक्षबाट सीमाको रेखदेखमा ध्यान नदिदा सीमा क्षेत्रमा बस्ने हरेक नेपालीले सुस्ताको झै सास्ती खेप्दै आउनु परेको छ ।
भारतीय सुरक्षाकर्मीको ‘दादागिरी’ले आजित नेपाली सीमामा आफ्नो सरकारको अस्तित्व खोज्दै थिचोमिचो र हेपाई सहन बाध्य बन्दै आएका छन् । सुदरपश्चिमको कञ्चनपुर स्थित दक्षिणी क्षेत्र पुनर्वास, बेलौरी, बेल्डाँडीका स्थानीयले समय समयमा भारतीय पक्षको ज्यादतिका कारण असैह्य पीडा भोग्दै आएका छन् । बषौँदेखि भोगचलन गर्दै आइरहेको जमिनमा भारतीय पक्षले आफ्नो हक जमाउन थालेपछि यहाँका स्थानीयहरु खेती गर्नबाट समेत वञ्चित बन्दै आएका छन् ।
भारतीय सुरक्षाकर्मी घरमै आएर घर छोड्न भनेर धम्की दिने गरेको स्थानीयको गुनासो छ । सीमानामा पर्ने जग्गा नेपाली नागरिकको भएपनि भारतीय पक्षले भोगचलन गर्न नदिने, हातहतियारसहित भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा आएर धम्की दिने गरेका कारण आफुहरु समस्यामा परेको स्थानीयवासीको दुखेसो छ ।
गत फागुन २७ गते कल्भर्ट निर्माणका क्रममा भएको झडपमा पुनर्वास नगरपालिका नम्बर ३ आनन्द बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी ) को गोली लागेर स्थानीय गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो । निर्माणाधीन कल्भर्ट नेपाली भूीममै रहेको नेपालीहरुको दावी भएपनि भारतीय पक्षले भएको आफ्नो भएको दावी गर्दै आएको छ । करिब ७० बर्ष पहिलादेखि सीमामा बसोबास गर्दै आएका पुनर्बास नगरपालिका ३ का सुरतबहादुर मल्लले पटक पटक भारतीय सुरक्षाकर्मीले आएर घर छोड्न धम्की दिने गरेको बताउछन् । सरकारले आफुहरुलाई हतियार उपलब्ध गराए सुरक्षामा सहज हुने पनि उनको भनाई छ ।
त्यस्तै सोही ठाउँका बासिन्दा प्रवेश सिहँले भारतीय सीमा सुरक्षा बलले कहिल्यै त घरमै आएर धम्की दिने गरेको बताए । गत फागुन २७ को घटनापछि देशका गृहमन्त्री देखि शीर्ष नेताहरु सो ठाँउको सीमाको अवलोकन गरेर गएका भएपनि सीमा विबादको समस्या उस्तै रहेको स्थानीयको भनाइ छ । पुनर्वास नगरपालिका वडा नम्बर ४ की धनकौरा शाही आफूहरुले सीमामा धेरै पीडा भोग्नुपरेकाले अब आफ्नो समस्या समाधान गर्ने उम्मेदवारलाई मात्र मत दिने धारणा राख्छिन् । सीमाको नियमितता मात्र नभई सीमामा नेपालीहरुले भोग्दै आउनु परेको समस्याप्रति सरकार र दलहरु गम्भीर बन्न जारी छ । नेपाल सानो होला भूगोलको हिसाबमा नेपाली गरीब होलान आयआर्जनको रुपमा । तर नेपाल र नेपालीले स्वाभिमान कहिले गिराएका छन् र ?