कमलादीमा गोली चलाउने भारतीय ‘सुटर’ पूर्वप्रहरी
-गोली चलाएको आरोपमा तीन साताअघि कमलादीमा पक्राउ परेका दुई भारतीय नागरिक पूर्वप्रहरी र पूर्वसरपञ्च भएको खुलेको छ । गत १५ कात्तिकमा पक्राउ परेका जसवन्त सिंह पूर्वप्रहरी तथा पूर्वसरपञ्च भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा उनले आफू प्रहरीको जागिर छाडेर राजनीतिमा लागेको बताएका छन् । उनी पञ्जाबको लुधियाना जिल्लामा सरपञ्चमा विजयी भएको तथ्य खुलेको हो । सिंहको कार्यकाल गत वर्ष मात्र सकिएको थियो । सरपञ्च नेपालमा गाउँपालिका प्रमुखजस्तै पद हो । उनी भाजपाबाट चुनाव लडेका थिए ।
पक्राउ परेका अर्का भारतीय नागरिक हरदेवेन्द्र सिंह भारतको केन्द्रीय विद्युत् प्राधिकरणका सहायकस्तरका कर्मचारी हुन् । दुवैजनालाई ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौैंका डिएसपी बेलबहादुर पाण्डेले बताए, नयाँ पत्रिकामा खबर छ ।