दरबारमार्गबाट तीन केजी सुनसहित दुई पक्राउ

दरबारमार्गबाट तीन केजी अवैध सुन सहित दुई जना पक्राउ परेका छन्। दरबारमार्ग प्रहरी वृतका डिएसपी तिलक भारतीले साँझ सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको अन्‍नपूर्णलाई जानकारी दिए।

पक्राउ पर्नेमा ढल्कुका २४ वर्षीय मोहन महर्जन र जडिबुटीका २२ वर्षीय आयूष बज्राचार्य रहेका हुन्।उनीहरुले आजै मात्र सिटी सेन्टरमा उक्त सुन कसैबाट लिइएको बताइएको छ।

उनीहरु दुवै जना सुनचाँदी पसलमा काम गर्दै आएका थिए। प्रक्राउ परेकालाई उनीहरुलाई थप अनुसन्धानका लागि दरबारमार्ग प्रहरी वृतमा राखिएको छ।