मतदाता शिक्षा पाएनन् बाजुराका जनताले
प्रकासित मिति : २०७४ कार्तिक ३०, बिहीबार ००:४५
प्रकासित समय : ००:४५
निर्वाचनको मिति नजिकिँदै लाग्दा सम्म पनि बाजुरामा भने मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । मतदाता शिक्षा राम्रोसँग मतदाताहरुले समयमै नपाएपछी मतपत्र बदर हुने सम्भावना रहेको स्थानीय बताए ।
स्थानीय तहको चुनावमा एक महिना अगाडि नै निर्वाचन कार्यालयले शिक्षकहरु गाउँमा खटाइ मतदाताहरुले मतदान शिक्षा पाएका थिए । तर पनि बाजुरामा अधिकांश मतपत्र बदर भएको थियो भने अहिले प्रदेशसभा र प्रतीनिधीसभाको चुनाव हुन १० दिन मात्र बाँकि रहँदासम्म बाजुराबासीले मतदाता शिक्षा पाएका छैनन् ।
त्रिवेणी नगरपालिका २ का ७० वर्षीय दान बाहादुर बुढाले भने ‘आफुलाइ बुढेसकालमा मतदान गर्ने निकै रहर थियो । तर, के गर्ने आफुले कसरी मतदान गर्ने भने विषयमा कुनै जानकारी छैन । आफना गाउँका मान्छेलाई पनि कसरी भोट हाल्ने भन्ने कुनै जानकारी दिन आएका पनि छैनन् ।’