मन्त्रीज्यूको सलामी खाने रहर !

बुधबार एकाबिहानै सुर्खेतको बुद्धमार्गमा अनौठो दृष्य त्यहाका स्थानीयले हेर्ने मौका पाए । बिहानी पख भए पनि चुनाव लागेकैले होला चहलपहल बढेकै थियो । चुनाव प्रचारप्रसारका लागि राजधानीबाट मन्त्री र ठुला नेताको उपस्थिति भएकाले पनि होला सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

मूल सडकमा नै प्रहरीबाट सलामी लिइरहेका थिए । ती व्यक्तिले प्रहरीबाट लिइरहेको दृष्य सडक वरिपरि रहेका स्थानीयवासीले रमाइलो मानेर हेरिरहेका थिए । पछि स्थानीयवासीले थाहा पाए, उनी सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट पो रहेछन् । सुर्खेत–३ का निवर्तमान सांसद बिष्ट अहिले सुर्खेत–२ (ख) बाट प्रदेश सभामा उम्मेदवार छन् ।

अर्का मन्त्री महेन्द्र बहादुर शाहीकाे सलामी खाने रहर

माओवादी लडाकूका तत्कालीन डिभिजन कमाण्डर समेत रहेका मन्त्री शाहीले हरेक विहान सदरमुकाम मान्मको होटलमै प्रहरी बोलाएर सलामी लिने गरेको विद्याले दाबी गरेकी छिन् । मन्त्री शाही अहिले कालीकोट (ख) बाट प्रदेश सभाका उम्मेदवार छन् । र, उनी मुख्यमन्त्रीका दाबेदार समेत हुन् ।

 विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले होटलकै बाहिर नेपाल प्रहरीबाट सलामी लिइरहेको भिडियो भाइरल भएको छ । उक्त दृष्य देखेकी बीबीसी साझा सवाल कार्यक्रमकी प्रस्तोता विद्या चापागाइले उक्त दृष्य आँखाले मात्र हेरिरन सकिनन् र मोबाइलमा कैद गरेर फेसबुकमा पोष्ट गर्नसमेत भ्याइन् ।

भिडियो पोष्ट गर्दै चापागाईले लेखिन्, ‘सर्वहारा वर्गका मन्त्रीज्यू चुनाव लागेर एक महिना जिल्ला बस्दा पनि होटेलको आँगनमा हरेक बिहान यसरी सलामी ग्रहण गर्नुहुँदो रहेछ । संसारलाई फेर्छु भन्थ्यो,आफैं फेरिएछ’ ।

सामान्यतः मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीलाई प्रहरीको टुकडीले यसरी सलामी दिने गर्दैन । औपचारिक समारोहमा दिइने सलामी बाहेक, मन्त्रीहरुसँग नेपाल प्रहरी र नेपाली सेनाबाट खटाइएका अंगरक्षक मात्रै हुन्छन् ।

झण्डावाल गाडीमा सवार भएका मन्त्रीलाई प्रहरीले सलाम गर्नु एउटा कुरा भयो, तर आफू बसेकै होटलमा र हिँड्दा हिँड्दै सडकमा प्रहरीको टुकडीबाट सलामी ग्रहण गर्नु कति जायज हो रु यी तस्वीरले सामाजिक सञ्जालमा प्रश्न उठाएका छन् ।