यसरी मतदाताकाे अाँखामा छाराे हाल्दै भोट माग्छन नेताहरू
प्रकासित मिति : २०७४ कार्तिक २७, सोमबार ००:४५
प्रकासित समय : ००:४५
कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले घरदैलोको क्रममा मतदाताको घरमा गाई दुहेका छन्। अरूबेला सिन्काे नभाच्ने नेताहरूले निर्वाचनकाे बेला अाएर गार्इ समेत दुअन लाग्नुलार्इ स्थानियबासीले जनताकाे अाखामा छाराे हाल्ने बहाना भएकाे बताएका छन । उनिहरूले भनेका छन याे सरासर जनतालार्इ पंगु बनाउने खेल हाे ।
उनले पोखरा लेखनाथ महानगरपालिकाको मासपारमा आइतबार घरदैलोको क्रममा गाई दुहेका हुन्। निर्वाचनमा मत आफ्नो पक्षमा पार्न उम्मेदवारले जनतालाई काममा सहयोग गर्ने गरेकाे दावी छन्।
अधिकारीले पनि उनले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रमलाई तिव्र बनाएका छन्। उनीसंगै प्रदेशसभाका उम्मेदवार राजकाजी गुरुङ (करण) पनि भोट माग्न व्यस्त छन्। अधिकारी यसअघि २०६४ र २०७० मा पनि अधिकारी कास्कीबाट निर्वाचित भएका थिए।