यसकारण प्रचण्ड,देउवा र केपी एक नंबरका जनतामारा दलाल हुन – प्रकान्ड
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ’प्रकाण्ड’ले प्रचण्ड शेर बहादुर देउवा र केपी अाेली नेपाली जनताका रगत चुस्ने एक नंबरका दलाल भएकाे अाराेप लगाएका छन । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले संसदीय व्यस्थाका यी तिन हिमायतीहरू दलालहरूकाे शुलीमा रहेकाे बताएका हुन ।
मुलुक गरिब भएर उनिहरू धनी हुनु र उनिहरूकाे जिवन राजामहाराजा भन्दा कमी नहुनुले पनि उनिहरू एक नंबरकेा दलाल भएकाे संकेत गर्छ । उनले भने प्रचन्ड,देउवा र केपीसंग नगन्ने मात्रामा अकुत सम्पती रहेकाे दावी गरे । प्रवक्ता बिश्वकर्माले देउवासित ४५ सय कराेड हारहारीमा सम्पती रहेकाे र प्रचन्डसित २५ सय कराेड सम्पती रहेकाे समेत खुलासा गरे ।
उनले वैज्ञानिक समाजवादी व्यवस्थामा जनताको गास, बास कपास आदी समस्याको समाधान हुने तर कांग्रेस, एमालेहरुले भन्ने गरेको लोकतान्त्रिक समाजवाद पुरानै संसदीय व्यवस्था भएको बताए ।
एक प्रसंगमा प्रकाण्डले लोकप्रिय बन्नकालागि बुर्जुवाहरुले समाजवाद शब्द कम्युनिष्टहरुबाट चोरेर प्रयोग गरेको भन्दै वास्तविक र समुद्ध समाजवादकोलागि आफूहरुले संघर्ष गरिरहेको दावीसमेत गरेका छन् ।