पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । पञ्चायतकालमा तीनपटकसम्म प्रधानमन्त्री बनेका बिष्टको ९० वर्षको उमेरमा शनिबार बिहान आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको हो ।

बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ वि.स. २०२५, २०३० र २०३४ साल गरेर तीनपटकसम्म प्रधानमन्त्री बन्नु भएको थियो । उहाँको जन्म वि.स. १९८३ साल माघ २ गते काठमाडौंमै भएको थियो ।

पञ्चायतकालका सक्रिय राजनीतिज्ञ बिष्ट २०४६ सालको जनआन्दोलनपछि निष्क्रिय जस्तै हुनुहुन्थ्यो । तर उहाँ पूर्व राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेला मन्त्रिपरिषदको उपाध्यक्ष हुनुहुन्थ्यो ।