शारीरिक शोषणमा स्वरा

मुम्बई । भारतीय नायिका स्वरा भास्करले आफू शारीरिक शोषणमा परेको बताएकी छिन् । अहिले चलचित्र ‘वीरे दी बेडिङ’ को सुटिङमा व्यस्त रहेकी स्वराले एक निर्देशकले मादक पदार्थ पिएर राति आफ्नो रुममा बोलाएको खुलासा गरेकी हुन् । स्वराका अनुसार अभिनयको सुरुवातमा ती निर्देशकले त्यस्तो अफर गरेको बताइन् ।

‘हामी ५८ दिनका लागि एउटा दुर्गम गाउँमा सुटिङ गर्दै थियौं । म चलचित्र उद्योगमा नयाँ थिएँ । मलाई निर्देशकले म्यासेज गरेर डिनरका लागि बोलाए,’ स्वराले भनिन् । ती निर्देशकले आफूलाई दिनभरि पिछा गर्ने गरेको पनि बताइएकी छिन् । साथै उनलाई रातिको समयमा धेरै म्यासेज र फोन गर्ने गरेको उनले बताइन् । पटकपटक चलचित्रको दृश्यको विषयमा कुरा गर्ने भनेपछि उनी निर्देशकसमक्ष पुगेकी थिइन् । निर्देशक रक्सी पिएर बसिरहेका थिए । उनले पहिलो दिनदेखि नै प्रेम र सेक्सको बारेमा कुरा गरेका थिए ।

निर्देशकको हर्कतपछि स्वराले कार्यकारी निर्मातालाई यो कुरा सुनाइन् । तर, उनले स्वरालाई दुईवटा मात्र उपाय दिएका थिए । स्वरा सम्झँदै भन्छिन् (उनले यति रुखो जवाफ दिए । उनले कि निर्देशकले भनेको मान्ने कि त फिल्मबाट अलग हुने भन्दै २ वटा बाटो मेरा लागि दिएका थिए ।’