बेलाइतीघारीका यी दाजुभार्इ जो अम्बा बेचेर पढाई खर्च पुर्याउँछन्
बालबालिकाहरूका चाहानाकाे सिमा हुन्न, उमेर अनुसार अनकाैँ चाहानाकाे सिढिँ उक्लीरहेका हुन्छन । सानासाना बालबालिकाहरुका विद्यालय पढ्ने उमेरमा धेरै आवश्यकता हुन्छन् । बालबालिकाको कलिलो मनमा धेरुै कुरा मनले चाहेको हुन्छ । जसका लागी घरमा आमा बुवालाई भन्नु पर्छ । तर, जिल्लाको ढोरचौर गाउँपालिकामा रहेको बेलाइतिघारीका बालबालिकालाई भने घरमा आमा बुवालाई भन्नु पर्दैन । उनीहरुले कापी, कलम तथा मनले चाहेको खाने कुरा आफ्नै पैसाले किनेर खाने गर्छन् । खेतबारीको छेउमा पाकेका अम्बा (बेलौती) बेचेर उनीहरुले मासिक ४÷५ हजार कमाउछन् । र सोही पैसाले आफ्ना आवश्यकता पुरा गर्छन् ।
यस्तै छन ढोरचौर गाउँपालिका ११ वर्षीय मोहन बोहरा । उनले १ महिनामा बेलौती बेचेर ५ हजार कमाएको बताए । विहान र बेलुकाको समयमा बेलौती बेचेर ५ हजार कमाएको बताए । दिउसाेँ विद्यालय जान्छु, बिहान र साँझ बेलौती बेच्छु, यसबाट जम्मा भएको पैसाले कापी कलम किन्नुका साथै आफ्ना आवश्यकता पुरा गर्छु, उनले भने । हरेक दिन विहानै सडकमा बस्छु, बेलौती , बेलौती भन्छु, विहान २/३ सय बेलुका २/३ सय कमाउछु, उनले भने ‘ हिजो र अस्ती मात्रै ७ सय बनाएको हुँ । उनले एक दाना (बेलौतीलाई लाई ५ देखी १० रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको बताए । उनले बेलौती बेच्न शुरु गरे देखी आमा बुवासँग पैसा नमागेको बताए ।
यस्तै ७ वर्षीय पवन भण्डारी पनि विहानै अम्बा (बेलौती) बोकेर सडकमा आउछन् । विहान ७ बजे बेलौती बेच्न सडकमा आएका पवन खाना खान घर जान्छन, खाना खाएर फेरि विद्यालय जाने बेला सम्म आफुले टिपेका बेलौती देखाउँदै, किन्नुहोस भन्दै विद्यालय सम्म जान्छन । उनले पनि महिनामा ३ हजार जती कमाएको बताए । पवनका भाइ हरि भण्डारी पनि बेलौती बेच्ने काम गर्छन ।
उनले पनि दिनमा २÷३ सय कमाउने बताउँछन् । उनीहरुले आफुलाई चाहिने कापी, कलम र लुगा कपडा पनि किन्ने रकम आफै जम्मा गर्ने गरेका छन् । बेलाइतीघारीका दर्जन बढी बालबालिकाहरुले अहिले बेलौती बेच्न थालेका छन् । असोज महिनाको अन्त्यतिर पाक्न शुरु गरेको बेलौती मंसिरको मध्ये तीर सकिन्छ । नयाँपत्रिकाबाट