नुहाउँदै हुनुहुन्छ ? भुलेरपनि यी गल्ती नगर्नुस

हरेक दिन बिहान सबेरै नुहाउनाले दिनभरिको लागि शरीर फूर्तिलो र ताजा रहन्छ । बिहान नुहाउनाले तपाइँको शरीर मात्र चुस्त रहँदैन बरु मनलार्इ समेत शान्त गराउँछ । नुहाउनुको कैयौं फाइदा हुँदाहुँदै पनि नुहाउने बेला मानिसहरूले सानासाना गल्तीहरू गरिरहेका हुन्छन् जसले उनीहरूलार्इ ठूलो नोक्सान पुर्याउन सक्छ । उसोभए मानिसले नुहाउँदा गर्ने ती पाँच गल्तीहरू के-के हुन् त ? टिप्ससहित चर्चा गरौं ।

घरका सबै सदस्यले एउटै तौलिया प्रयोग नगर्नुहोस् ।

परिवारमा हरेक सदस्यको आ-आफ्नो छुट्टाछुट्टै तौलिया हुन आवश्यक छ । तर प्रायः हामी एउटै तौलियाले सबैले काम चलाउने गर्दछौं । त्यति मात्र नभएर कहिलेकाहीं घर बाहिरका व्यक्ति वा पाहुनाले समेत एउटै तौलिया प्रयोग गर्दछन् ।

यदि तपाइँ पनि कतै यस्तै त गरिरहनु भएको छैन ? यदि यस्तै गरिरहनु भएको छ भने तपाइँ आफ्नो स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहनु भएको छ । एउटै तौलिया धेरै व्यक्तिले प्रयोग गर्दा तपाइँको छाला सम्बन्धी रोग सर्ने वा समस्या देखिने हुनसक्छ ।

हतारमा ननुहाउनुहोस् ।

कतिपय मानिसहरू क्षणभरमै नुहाएर भ्याउँछन् । हतारहतार नुहाएर बाथरुमबाट निस्कनाले तपाइँको शरीरको उपयुक्त ढंगले सफाइ हुन पाउँदैन । त्यसैले अलि समय लगाएर आफूलार्इ पानीले राम्रोसँग भिज्न दिनुहोस् र साबुनको प्रयोग गरी राम्ररी पखाल्नुहोस् ताकि तपाइँको शरीरमा साबुनको केमिकल बाँकी नरहोस् ।

घण्टौंसम्म पनि ननुहाउनुहोस् ।

केही मान्छेहरू नुहाउने बेला समय बितेको पत्तै पाउँदैनन् । आवश्यकता भन्दा बढी पानीमा रहनाले तपाइँको छालालार्इ सुख्खा बनाउने मात्र नभर्इ छाला चिलाउने समस्या हुन सक्छ । तसर्थ नुहाउनको लागि बाथरुममा १० मिनेटभन्दा बढी समय नखर्चनुहोस् ।

नुहाउँदा प्रयोग गरिने ब्रश बदल्नुहोस् ।

धेरै मानिसहरू नुहाउँदा ज्यान माड्नको लागि ब्रश प्रयोग गर्ने गर्दछन् । तर एक पटक किनेको ब्रश लामो समयसम्म फेर्दैनन् । कुनै पनि ब्रश प्रत्येक महिना बदल्न जरुरी हुन्छ । धेरै पुरानो ब्रश प्रयोग गरिरहंदा यसले छालालार्इ नोक्सान पुर्याउन सक्छ ।

धेरै तातो पानीले ननुहाउनुहोस् 

केही मानिसहरू यति धेरै तातो पानीले नुहाउँछन् कि जसले बिस्तारै छालालार्इ नकारात्मक असर गर्न थाल्छ । बढी तातो पानीले नुहाउनाले तपाइँको छाला सुख्खा गराउँछ । साथै धेरै तातो पानी कपालको लागि पनि हानिकारक हुन्छ । यसले कपाल झर्ने समस्या निम्त्याउन सक्छ । यदि जाडो महिनाको समय छ भने हल्का मनतातो पानीले नुहाउन सक्नुहुन्छ ।