लक्ष्मण थारुको जेलबाटै उम्मेदवारी

टीकापुर घटनाको आरोपमा जेल जीवन विताइरहेका लक्ष्मण थारुले राजपा पार्टीबाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका छन् ।
उनले जेलभित्रबाट टेलिफोनको सहायताले भोट मागिरहेको बताएका छन् । उनले विहान ९ बजेदेखि साँझ ५ बजे सम्म टेलिफोनमा व्यस्त हुने गरेको बताउदै जेल बाहिरबाट अधिकांश जनता एक भोट लक्ष्मण थारुलाई दिएर जिताउ अभियानमा लागेको बताए ।

राजपाले थारु र थरुहटको मुद्धालाई सबै भन्दा बढी उठाईरहेकोले आफू राजपामा प्रवेश गरि उम्मेदवारी दिएको जानकारी दिदै थरुहटले उठाएको पहिचान सहितको मुद्धालाई उठान गर्न र भष्टचारी अन्त्य गर्न जेलबाटै चुनाबी माहोल तताईरहेको नेता थारुले बताए ।
जनताको घर घरमा गएर बाड्न र चुनाबी प्रचार प्रसार गर्न नपाउदा कहिले काँही दुखी भएको महशुस गरेको बताउदै क्षेत्र नं. ५ मा मात्रै ३२ हजार थारु, ५ हजार मधेशी ९ हजार दलित ,वर्गिय र जातिय मुक्तिको लागि वकालत गर्ने अन्य समुदायहरुको साथ र समर्थनले आफ्नो जित सुनिश्चत रहेको देख्दा खुशी भएको बताउछन् ।

नेता थारु सहित तीन जना कारागार बन्दीहरु कात्तिक २ राजपामा प्रवेश गरेका हुन् । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कैलाली कारागारमै पुगेर लक्ष्मण थारु, विर बहादुर चौधरी र विश्राम चौधरीलाई पार्टी प्रवेश गराएका थिए । माओवादी पूर्वलडाकू लक्ष्मण थारुले फोरम लोकतान्त्रिकले समेत धोका दिएपछि राजपा प्रवेश गरेको बताए ।