चूडामणिले बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियारको टोली
प्रकासित मिति : २०७४ कार्तिक २३, बिहीबार १०:५१
प्रकासित समय : १०:५१
कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ ।
शर्माले अख्तियारमा पेश गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले गरेको अनुसन्धानमा उनको २० करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति देखिएपछि उनीमाथि अनुसन्धान थालेको हो ।
अख्तियारले अनुसन्धानका शिलशिलामा बयानका लागि पटक पटक ताकेदा गर्दा समेत अटेरी गरेपछि बुधबार शर्माको घरमा सात दिने म्याद टाँस गरेको छ । अख्तियारले वडा सचिवको रोहवरमा बुढानीलकण्ठ नगरपालिका ३ रुद्रेश्वर मार्गस्थित उनको घरमा सात दिनभित्र उपस्थित हुने सूचना टाँसेको हो । अाजकाे राजधानी दैनिकमा खबर छ ।