रोमाञ्चक चुनावी माहोल- उपेन्द्र यादव किन सप्तरी सरे ?
प्रकासित मिति : २०७४ कार्तिक २०, सोमबार ००:२९
प्रकासित समय : ००:२९
भूमि र भूमिका बदल्दै राजनीतिमा छलाङ मारिरहेका उपेन्द्र यादवको उम्मेदवारीले सप्तरी २ को चुनावी माहोल रोमाञ्चक बनेको छ । संविधानसभाका दुइटै निर्वाचन उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमका अध्यक्षका हैसियतले लडे । यसपालि संघीय समाजवादी फोरमका नाममा भिड्दै छन् । पहिला मोरङ र सुनसरीबाट प्रतिस्पर्धा गरेका उनी यसपालि सप्तरी आइपुगेका छन् ।
आजको कान्तिपुर दैनिकले प्राथमिकताका साथ यो खबरलाई मुख्य बनाएको छ, भूमि र भूमिका बदल्दै राजनीतिमा छलाङ मारिरहेका यादवको आगमनले सप्तरी २ मा चुनावी माहोल तताएको छ ।
राष्ट्रिय व्यक्तित्व बनेका उनीसँग प्रतिस्पर्धा गर्न अन्य दल र उम्मेदवारले पनि गहन गृहकार्य गरिरहेका छन् । यसले चुनावी माहोल थप रोमाञ्चक बनेको छ । जिल्लाका अन्य क्षेत्रमा भन्दा यसमा बढ्ता ‘चुनाव लागेको’ झल्को मिल्छ ।