महानगरका मेयरमाथि दोषैदोष : वैठक बस्न सकेन
प्रकासित मिति : २०७४ कार्तिक १९, आईतवार ०१:४३
प्रकासित समय : ०१:४३
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अधिकांश वडाध्यक्षसहित कार्यपालिका सदस्यहरुले विरोध गरेका छन् ।
प्रमुख महर्जन निरङकुश तबरले चलेको भन्दै १४ जना वडाध्यक्षसहित ८ जना नगर कार्यपालिकाका सदस्यहरुले विरोध गरेका हुन् । विरोधका कारण शुक्रबार तय गरिएको महानगरपालिकाको वैठक स्थगित गरिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।