ह्वात्तै बढ्यो भष्मे डनको पारिश्रमिक

नेपाली चलचित्रका कलाकारको पनि आजभोली पारिश्रमिक दिनानुदिन बढ्दै गैरहेको छ । कलाकारहरुको एउटा कुनै चलचित्र राम्रो सँग चलेपछि पारिश्रमिक बढाउने गरेको नेपाली सिनेबृतमा अहिले चलिआएको चलन हो ।

यसैविच पशुपति प्रसाद चलचित्रबाट भष्मे डन चरित्रबाट चर्चामा आएका कलाकार विपिन कार्कीले पनि आफ्नो पारिश्रमिक बढाएको चर्चा सिनेबृतमा छ ।

निश्चल बस्नेतको निर्देशनमा तयार हुने चलचित्र फनफनीमा कलाकार कार्कीले १७ लाख बढी पारिश्रमिक लिइएको चर्चा छ ।टेलिसिरियल भद्रगोलका हिट जोडी जिग्री र पाँडेकोले बनाउँदै गरेको यो चलचित्र न सकिए सम्म कार्कीले अर्को चलचित्र भने खेल्न नपाउने बताइएको छ ।