विमलेन्द्र निधि र अमरेशकुमार सिंहलार्इ,जिताउन भारतीय राजदूत पुरी तराईमा सक्रिय
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको वातावरण तातिए संगै नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी तराई मधेसमा सक्रिय देखिएका छन् । आगामी मंसिरमा हुने चुनावका लागि कांग्रेस—राजपा—फोरम तालमेल मिलाउन अाफै मैदानमा उत्रिदां पनि सम्भव नभएपछि पुरी अहिले तराई मधेसमा सक्रिय भएका हुन ।
प्रदेश नम्बर २ लगायत तराई मधेसका निर्वाचन क्षेत्रमा कांग्रेस—राजपा—फोरमसंग चुनावी तालमेल हुन नसकेपनि कांग्रेसका केहि सेलेक्टेड नेताको जीत सुनिश्चित गर्ने गरी समर्थन जुटाउन राजदूत पुरी शुक्रबार जनकपुर आएका छन् । नेपाल—भारत र श्रीलंकालाई धार्मिक तथा ऐतिहासिक रुपमा जोड्ने उद्देश्यले जनकपुरमा आयोजित रामायण सर्किट सेमिनारको उद्घाटन गर्दै राजदूत पुरीले चुनावी तालमेलमा जोड दिएका छन् ।
स्रोतका अनुसार —‘राजदूत पुरीले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, अमरेशकुमार सिंह, पद्यमनारायण चौधरी, फर्मुल्लहा मन्सुर लयातका नेताहरुको जित पोल्टामा पार्ने सुनिश्चित स्थिति बनाउन विभिन्न कार्यक्रमको नाममा तराई मधेसमा सक्रिय भएका हुन् ।
राजदूत पुरीको प्रयासका बाबजुद राजपाका नेता राजेन्द्र महतोले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएपछि उनको सक्रियता बढेको बताइएको छ । नेकपा एमाले—माओवादीको वाम गठबन्धन पश्चात नेपाली राजनीतिका देखिएको सरगर्मीले राजदूत पुरी कांग्रेस—राजपा—फोरम बीच चुनावी तालमेल गराउन लामो कसरतमा छन् ।
राजदूत पुरीसंगै भारतीय दूतावासका उच्च पदाधिकारीहरु पनि जनकपुर आएका छन् । उनीहरुले धार्मिक कार्यक्रमसंगै चुनावी वातावरण बनाउन बढि ध्यान दिएको स्रोतको भनाई छ । उनीहरु झण्डै एक साता जनकपुरसहित तराई मधेसका जिल्लामा रहेने जनाएको छ ।