यि हुन् बाँके जिल्लाकाे भविश्य बाेकेर फिल्डमा उत्रिएका उम्मेदवार
आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्र र प्रदेश सभाका २ सय ५६ स्थानमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । त्यसक्रममा बाके र बर्दियाका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण र उल्लासमय ढंगबाट उम्मेदवारी मनोनयन दर्ता भएकाे हाे । बाँकेमा ११ महिला सहित १ सय १२ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
बाकेमा प्रतिनिधिसभाका लागि क्षेत्र नं. १ मा २ महिला सहित १३, क्षेत्र नं. २ मा १९ र क्षेत्र नं. ३ मा ८ जनाले मनोनयन दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी बसन्त अधिकारीले जानकारी दिएका छन् । त्यस्तै, प्रदेश तर्फ क्षेत्र नं. १ को क मा २ महिला सहित १२, ख मा १०, क्षेत्र नंं २ को क मा ३ महिला सहित १४, ख मा १५ र क्षेत्र नं. ३ क मा एक महिला सहित १० र ख मा १ महिला सहित ११ जनाले प्रदेश तर्फको उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभा सदस्य ३ र प्रदेश सभा गरी ९ पदका लागि १ सय १२ जनाले बाकेमा उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य ठूला दलहरु बीच तालमेल र गठबन्धन भएपछि निकै कम संख्यामा उम्मेदवारी परेको हो । बाजागाजा सहित उम्मेदवारी दर्ता गराउन स–साना दलदेखि शक्ति प्रदर्शनका साथ ठूला दलका गठबन्धन सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । प्रहरी सुरक्षा बीच छुट्टाछुट्टै समयमा उम्मेदवारी मनोनयन दर्ता व्यवस्था मिलाइएकाले बिहीबार कुनै समस्या देखिएन ।
नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले धम्बोझीबाट शक्ति प्रदर्शन सहित उम्मेदवारी दर्ता गराउन पुगेको थियो । वाम गठबन्धनबाट क्षेत्र नं. १ मा महेश्वर गहतराज, क्षेत्र नं. २ बाट पशुपति दयाल मिश्र र क्षेत्र नं. ३ बाट नन्दलाल रोकायले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरे । प्रदेश सभाका लागि क्षेत्र नं. १ को क बाट कृष्ण केसी नमूना, ख बाट आरती पौडेल, क्षेत्र नं. २ को क बाट कामता खटिक, ख बाट विजय गुप्ता, क्षेत्र नं. ३ क बाट इन्द्र प्रसाद (आइपी) खरेल र ख बाट बाबुराम गौतमले उम्मेदवारी दर्ता गराए ।
नेपाली काग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नंं. १ ले ढिलो गरी उम्मेदवारी दर्ता गरायो भने २ र ३ संयुक्त रुपमा उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए । लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं. १ मा माधवराम केसी, क्षेत्र नं. २ मा ओम प्रकाश आजाद र ३ बाट बादशाह कुर्मीले मनोनयन दर्ता गराए । प्रदेश सभा तर्फ शरद बर्मा, नारायण प्रसाद गौडेल, निरञ्जन सिंह सिजापति, सुरेन्द्र हमाल, चन्तराम थारु र लक्ष्मीनारायण शाहले उम्मेदवारी दिएका छन् ।
संघीय समाजवादी फोरमबाट लाल बहादुर शाह, इस्तियाक राई र मनोज कुमार दीक्षितले क्रमशः क्षेत्र नं. १, २ र ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराए । प्रदेश सभातर्फ फोरमबाट कमसर खा“, रमेश यादव, विजय बहादुर यादव, बलराम यादव, राम सोहन कुर्मी लगायत छन् । राष्ट्रिय जनता पार्टीस“ग देशव्यापी गठबन्धन गरेको फोरमले बा“केमा भने एक्लै उम्मेदवारी दिएको हो ।
राष्ट्रिय जनता पार्टी
प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेन । प्रदेश सभाका लागि क बाट राम कुमार दीक्षितको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका लागि क्षेत्र नं. २ बाट विजय कुमार गुप्ता र ३ बाट फैसल अन्सारी उम्मेदवार छन् । प्रतिनिधिसभामा २ क बाट आशिष गुप्ता र ख मा कौशल कुमार मिश्र तथा ३ क मा देबेन्द्रनाथ शुक्ल र ख मा राजेश बर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
नया शक्ति पार्टीबाट
वेद प्रसाद आचार्य क्षेत्र नं. २ र विरेन्द्र पुन क्षेत्र नं. ३ बाट उम्मेदवार छन् । प्रदेश तर्फ निसिम खा“, फकरुल्ला पठान, सुनिल कुमार सिंघल, मोहन चन्द र मो. अख्तर छन् । पहिलो पटक बाकेमा अस्तित्वमा देखिएको विवेकशिल साझा पार्टीबाट क्षेत्र नं. १ बाट कुशल अधिकारी र २ बाट नगेन्द्र कुवर प्रतिनिधिसभा सदस्य र डा. विनोद कर्ण २ को ख बाट प्रदेश सभामा उम्मेदवार बनेका छन् ।
अन्यबाट क्षेत्र नं. १ मा
कमला खड्का राष्ट्रिय जनमोर्चा, खड्गराज थापा नेमकिपा, सोनु गुरुङ्ग राष्ट्रिय जनमुक्ति पार्टी, पंकज शर्मा राप्रपा राष्ट्रवादी र ऋषिराम थारु देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवार छन् । क्षेत्र नं. २ मा लिलौ दर्जी जन समाजवादी, कृष्णराज पाण्डे राष्ट्रिय जनमोर्चा, दल बहादुर परियार नेमकिपा, तेज नारायण कंडेल एकीकृत राप्रपा राष्ट्रवादी, धनसिंह रानामगर राष्ट्रिय जनमुक्ति पार्टी, मुनब्बर अली हलवाई संघीय समाजवादी पार्टी लगायतले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं. ३ बाट
प्रतिनिधिसभामा मान बहादुर भण्डारी राजमो, नगेन्द्र बुढाथोकी नेमकिपा, मुकुन्द सिंह वली देशभक्त गणतान्त्रिक मोर्चा बाट उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या पनि उत्तिकै छ । क्षेत्र नं. १ बाट कृष्ण बहादुर कार्की, सविर खा“ र सुरेश कुमार चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कार्की का“ग्रेस र चौधरी माओवादीका नेता हुन् । प्रतिनिधिसभामा सबैभन्दा बढी १९ जनाले उम्मेदवारी दिएको क्षेत्र नं. २ मा शिव डोटेल, धु्रव प्रसाद दाहाल, हिम बहादुर तामांग, अब्दुल हकिम हलाई, मो. आलम सिद्दिकी, मुग बहादुर शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।